नेपाल मेडिकल कलेजमा भएको घटनाको छानबिन गर्न चिकित्सक संघको माग

काठमडौं, २८ पुस । नेपाल चिकित्सक संघले २५ पुसमा नेपाल मेडिकल कलेजमा भएको घटनाको तत्काल सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गरेको छ ।
उपचारको क्रममा बिरामीको असामयिक निधन हुन गएको बिषयलाई अतिरञ्जित गर्दै अपराधिक मानसिकता बोकेका केही व्यक्तिले स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि हातपात गर्ने, अस्पताल तोडफोड गरी अस्पतालको शान्तिपूर्ण वातावरणमा खलल पुराएकाृ संघको भनाइ छ ।
सोमबार संघले विज्ञप्ति जारी गर्दै कानूनी उपचारको बाटो अवलम्बन नगरी मृतकका आफन्तले अपराधिक बाटो अंगालेकोमा भत्र्सना गरेको छ । यस्ता आपराधिक क्रियाकलाप अस्पतालमा तत्काल रोक्न र घटनाको छानबिन गर्न संघले सरकारसँग माग गरेको छ ।
अस्पतालमा काम गर्ने वातावरण नभएको भन्दै स्वास्थ्यकर्मी तथा कर्मचारीले आइतबारदेखि आकस्मिक बाहेका सबै सेवा ठप्प पारेका छन् । शान्ति शुरक्षाको प्रत्याभुति नभएसम्म सेवा प्रवाह नियमित नगर्ने उनीहरुको भनाइ छ । २४ पुसमा उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड, कर्मचारी माथि हातपात गरेका थिए ।