नर्सिङ कर्मचारीका लागि पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने सम्बन्धी तालिम सुरु

रुपन्देही, २८ पुष । प्रदेश स्वास्थ्य तालिम केन्द्र र बिपी कोईराला क्यान्सर अस्पतालको सहकार्यमा नर्सिङ कर्मचारीको लागि पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने सम्बन्धी ३ दिने तालिम सुरु भएको छ । महिलाहरुको पाठेघरको समस्या दैनिक बढ्दै गएपछि रोकथाम र उपचारका लागि नर्सिङ कर्मचारीका लागि तालिम सुरु गरिएको हो ।
तालिमको एक कार्यक्रमकाबीच प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठले उद्घाटन गरे । उ्दघाटन समारोहमा बोल्दै निर्देशक श्रेष्ठले महिलाहरुको पाठेघर परिक्षण गर्दा १सय जनामा ५ जनामा पाठेघर मुखको क्यान्सर देखिएकोले रोक्न र उपचार गर्नेको लागि प्रदेश तालिम केन्द्रले बिपी कोईराला क्यान्सर अस्पतालको सहकार्यमा नर्सिङ कर्मचारीका लागी तालिम दिन सुरु गरिएको बताए ।
समयमै पाठेघरको मुखको क्यान्सर थाहपाए उपचार गर्न सकिन्छ र यसको जानकारी भए रोकथाम गर्ने सकिन्छ भन्ने जानकारी आबश्यक भएको बताए । उनले सबै स्वास्थ्य कर्मिहरुलाई गाउँ देखी सहर सम्म जनचेतना जगाउनु आवश्यक रहेको बताएका छन् । उनले विकसित देसमा भन्दा अल्पबिकसित देसमा योरोग बढदै गएको बताए । निर्देशक श्रेष्ठले क्यान्सर लाग्दैमा मरिहाल्ने भ्रम स्वास्थ्यकर्मीलाई समेत रहेको बताउदै बेलैमा उपचार गरे क्यान्सर निको हुन्छ भन्ने सन्देश फैलाउन स्वास्थ्यकर्मीलाई आग्रह गरे । निर्देशक श्रेष्ठले प्रदेशमा अहिले पनि जनशक्ती अभाब रहेको बताए ।
तालिम उदघाटन समारोहमा बिपी कोईराला क्यान्सर अस्पतालका जनस्वास्थ्य शाखा प्रमुख भोला शिवाकोटीले सरुवा रोग नियन्तण हुदै गएको भएपनि नसर्ने रोगबढदै गएको बताएका छन । उनले नेपालमा क्यान्सरका रोगीहरुमध्ये फोक्सोका पहिलो दोस्रो पाठेघरका र तेस्रो स्तन क्यान्सर बिरामी रहेको बताए । नेपालमा १३ प्रतिशत महिलालाई पाठेघरको समस्या रहेको बताएका छन । उनले पाठेघरको क्यानसर पत्तालगाउन महगो नभएको र कमखचिलोमा सकिने भएकोले सबैलाई चेतना फैलाउनु आवश्यक रहेको बताए ।
स्वास्थ्य तालिम केन्द्रका स्वास्थ्य शिक्षा अधिकृृत अरुण ज्ञवालीले महिलाहरुको पाठेघरको क्यान्सर बढदो क्रममा रहेकोले रोगथाम र उपचारको लागी तालिम आयोजना गरिएको बताए । तालिममा गुल्मी अर्घाखाँची पाल्पा पूर्वी रुकुम कपिलवस्तु नवलपरासी बर्दिया, बाँके, दाङ लगाय जिल्लाका नर्सिङ कर्मचारीहरु सहभागी रहेको कार्यक्रमको संञ्चालन स्वास्थ्य तालिम केन्द्र बुटबलका स्वास्थ्य शिक्षा अधिकृत भुवन कुबँर ले गरेका थिए ।