नेपाल मेडिकल कलेजमा आकस्मिक बाहेकका सेवा ठप्प, कर्मचारीद्वारा सुरक्षाको माग



Download our app to get more features

काठमाडौं, २७ पुस । नेपाल मेडिकल कलेज जोरपाटीका कर्मचारीले आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गरेका छन् । सुत्केरीको मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेपछि सुरक्षाको विषयमा प्रश्न गर्दै
कर्मचारीले आइतबार १२ बजेदेखि ओपिडी लगायतका सेवा ठप्प पारेका हुन् । 

अस्पतालमा कार्यरत कर्मचारीको आधिकारिक ट्रेड युनियन स्वतन्त्र कर्मचारी युनियनको आह्वानमा आकस्मिक बाहेकका सबै सेवा कर्मचारीले बन्द गराएका हुन् । 
युनियनका सचिव उमेश कार्कीले विज्ञप्ति जारी गर्दै  सेवा बहिष्कार गरेको जनाएका छन् ।

भोजपुर षडानन्द नगरपालिकाबाट प्रसूतिका लागि आएकी २४ वर्षीया सुनिता राईको सुत्केरी गराउने क्रममा भएको थियो । राईको २४ गते राती मृत्यु भएको हो । 

अस्पतलको लापरबाहीका कारण  बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा तोडफोडसहित प्रदर्शन गरेका थिए । नवजात शिशुको भने अवस्था सामान्य रहेको बताइएको छ ।

शनिबार तोडफोडमा उत्रिएका मृतकका आफन्तले आइवार पनि अस्पताल परिसरमा नाराबाजी गरेका । यस्तो वातावरणमा काम गर्न नसक्ने भन्दै कर्मचारीले सेवा बहिष्कार गरेका हुन् । तर अस्पताल प्रशासन भने सम्पर्कमा आएको छैन् ।

 

 

Last modified on 2020-01-13 12:04:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts