नियमित डायलासिस पछि घर फर्किए प्रधानमन्त्री ओली

काठमाडौं, २६ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीको नियमित डायलासिस गरिएको छ ।
मनमोहन कार्डियो थोरिसिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा शनिबार प्रधानमन्त्रीको नियमित डायलासिस गरिएको अस्पताल स्रोतले जनाएको छ ।
उनको स्वास्थ्य ठीक रहेको र नियमित डायलासिस गरेर आफ्नो निवास फर्किसकेको पनि अस्पतालले जनाएको छ ।
डायलासिसपछि आराम गरिरहेकाले प्रधानमन्त्री शनिबार बसेको पार्टीको सचिवालय बैठकमा पनि सहभागि भएका छैनन् ।
Last modified on 2020-01-13 12:01:42