थारू कल्याणकारिणी सभा चितवनको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर 



Download our app to get more features

चितवन, २६ पुुष । थारू कल्याणकारिणी सभा चितवनको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर एवम् परामर्श कार्यक्रम सम्पन्न भएको छ ।

नेशनल सिटी हस्पिटल चितवनको प्राबिधिक सहयोगमा शुक्रवार भरतपुर(२५ स्थित जब्कामा सो स्वास्थ्य शिविर भएको हो । 

जनरल फिजिसियन डा. गौरी राम महत्तोको संयोजकत्वमा गएको स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. निर्मला लक्ष्मी श्रेष्ठ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.सुदिप मान वैध सहितको स्वास्थ्य टोलिले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका हुन् । शिविरमा विभिन्न रोग र त्यसबाट बच्ने उपायबारे आवश्यक परामर्श समेत दिएको थियो ।

महिलाहरू आफ्नो रोग खुलेर भन्न नसक्दा पछि गएर जटिल अवस्था आउन सक्ने हुन्छ । त्यस्ता जटिलता नआओस् भनेर विभिन्न सङ्घ–संस्थाहरुको सहकार्यमा महिलाहरुलाई समेत लक्षित गरेर सो निःशुल्क स्वास्थ्य परीक्षण एवम् परामर्श कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक डा. गौरी राम महत्तोले जानकारी दिए । स्वास्थ्यको पहुच भन्दा टाढा भएको समुदायमा लक्षित गरेर शिविर सञ्चालन गरिएको उनको भनाइ छ ।

महिलाहरुमा कुनै पनि स्वास्थ्य समस्या देखा परेमा तुरुन्त स्वास्थ्य परीक्षण एवम् उपचार गराउन तथा कुनै पनि स्वास्थ्य समस्या नदेखिए पनि समय–समयमा सबै महिलाहरुलाई आफ्नो नियमित स्वास्थ्य परीक्षण गर्न डा. निर्मला लक्ष्मी श्रेष्ठले आग्रह गरिन् । 

“महिलाहरुमा स्वास्थ्य परीक्षण गराउनु पर्छ भन्ने ज्ञान भएपनि त्यस्को व्यवहारिक रुपमा लागु भएको छैन । महिलाहरुले उपचारमा ढिलासुस्ती गर्दा एक्कासी जटिल अवस्था आएपछि उपचारको लागि अस्पताल आउने परिपाटीले उपचार महङ्गो हुनुका साथै कतिपय अवस्थामा उपचार गर्न समेत गाह्रो हुने गर्दछ । महिलाहरुमा रोग लुकाएर नबस्न तथा आफ्नो स्वास्थ्यको समय–समयमा परीक्षण गराइ राख्नु पर्छ भन्ने समाजमा साङ्केतिक सन्देश दिने उद्देश्यले स्त्री तथा प्रसुती रोग विशेषज्ञ सहित सो कार्यक्रमको सञ्चालन गरिएको हो” नेशनल सिटी हस्पिटलका प्रबन्धक बिक्रम अधिकारीले भने ।

“स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेका, आर्थिक रुपमा विपन्न जनताहरुलाई समेटेर ‘टोल–टोलमा सिटी हस्पिटल’ नाराका साथ ठाउँ–ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौं ।” उनले भने, “यही माघ र फागुनमा समेत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दैछौं ।स्थानीयवासीलाई सो शिविरमा सहभागी भई आफ्नो स्वास्थ्य परीक्षण गर्न आग्रह गर्दछु । यसलाई हामीले अस्पतालको सामाजिक उत्तरदायित्वको रुपमा लिएका छौं ।”

सो एक दिने स्वास्थ्य शिविरमा ७८ जना महिला सहित २५० जना बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको प्रबन्धक अधिकारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । सो शिविरमा बिरामीको लागि आवश्यक औषधी समेत निस्शुल्क वितरण गरिएको थियो ।

Last modified on 2020-01-11 10:22:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts