३६ वर्षदेखि साङ्गलोले बाँधेर राखिएको व्यक्तिको उद्दार



Download our app to get more features

इटहरी, २६ पुष । ३६ वर्षदेखि साङ्गलोले वाँधेर राखेका इटहरी २० का डिक वहादुर खड्काको उद्दार गरिएको छ । 

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले ३६ बर्ष देखि साङ्गलोमा वाधिएर राखेका एक जना व्यक्तिको उद्दार गरेकी हुन् ।

इटहरी २० का ५३ वर्षीय डिक बहादुर खडकाको उद्दार गरि उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । 

धेरै वर्ष अघि उपचारको प्रयास गरेपनि नभएपछि थेग्न नसकेर वाँधेर राखिएको परिवारजनको भनाइ छ । खड्का मानसिक बिरामी रहेका कारण वाँधेर राख्नुपरेको परिवारजनले बताएका छन् ।
 
उनी २०३६ सालमा लडेर वेहोस भएपछि मानसिक समस्या देखिएको परिवारजनले वताएको इटहरी अस्पतालका ईमरजेन्सि ईन्चार्ज रामकुमार धमलाले बताए । आर्थिक अवस्थाका कारण उपचार गर्न नसकेको हुनसक्ने छरछिमेकको भनाइ छ । उपचारमा उनीसगै धरान गएका उनका भाईले स्थानीय सरकार भगवान जस्तै वनेर आएको प्रतिक्रिया दिए । 

खडकाको निशूल्क उपचारका लागि इटहरी उपमहानगरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सिफारिस गरेको छ । तत्कालको खर्चका लागि उपमहानगरको तर्फवाट १० हजार प्रदान गरिएको छ । चिकित्सकले उहाँको स्वास्थ्य परीक्षण सुरु गरेका छन ।

Last modified on 2020-01-13 12:02:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts