कम्प्रिहेन्सीप परिवार नियोजन तथा परामर्श सम्बन्धी तालिम सुरु



Download our app to get more features

रुपन्देही, २६ पुष । प्रदेश स्वास्थ्य तालिम केन्द्र बुटबलको आयोजना तथा एसएस बिएच र आम्दा नेपालको सहकार्यमा बुटबलमा ८ दिने कम्प्रिहेन्सीप परिवार नियोजन तथा परामर्स सम्बन्धी तालिम सुरु भएको छ । 

शुक्रबार तालिमको एक समारोहकाबीच स्वास्थ्य तालिम केन्द्र प्रदेश नं. ५ का  निर्देशक महेश्वर श्रेष्ठले उदघाटन गरे । उद्घाटन समारोहमा बोल्दै निर्देशक श्रेष्ठले परिबार नियोजन तथा परामर्स कार्यक्रमलाई गाउँ गाउँमा पुर्याउन आवश्यक रहेको बताए ।

चेतनाको कमिको कारण परिवार नियोजनका साधान प्रयोग गर्ने समन्धमा महिला र पुरुषमा अहिले पनि विभेद रहेको बताए । श्रेष्ठले  केन्द्रिय तथ्यांक अनुसार प्रदेश ५ पछि रहेपनि यी र यस्तै तालिमको माध्यमबाट सुधार हुने बताए । तालिमका प्रशिक्षक सस्मीता खत्रीले तालिमको उदेश्य बारे जानकारी गराईन् । 

उनले परिवार नियोजनमा प्रदेश सरकारको लक्ष्य पुरा गर्नको लागी महत्वपुर्ण रहने बताईन ।  तालिममा आम्दा नेपालका मात्री तथा शिशु परियोजना प्रमुख राजेन्द्र रुचाल लगायका सहभागि रहेका थिए । दाङ जिल्लाका ५वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मिहरु सहभागि रहेको कार्यक्रमको स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत भुवन कुवँरले गरेका थिए ।

Last modified on 2020-01-11 07:06:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts