नेपाल नेशनल हस्पिटलद्वारा हरेक बुधबार निःशुल्क ओपिडि सञ्चालन



Download our app to get more features

काठमाडौं, २४ पुष । नेपाल नेशलन हस्पिटलले अंगे्रजी नयाँ वर्ष २०२० लाई लक्षित गरेर यो वर्षभरी हरेक बुधबार निःशुल्क ओपिडि सञ्चालनमा ल्याएको छ । 
नेपाल सरकारले यसबर्षलाई नेपाल भ्रमण वर्षका रुपमा मनाइरहेकोले सो महाअभियानलाई सघाउने गरी निःशुल्क सेवा सुरु गरेको अस्पतालका मेडिकल डाईरेक्टर डा. प्रकाश पौडेलले बताए । 
मनोरञ्जन र स्वास्थ्य आपसमा अन्तरसम्बन्धित रहेकाले अस्पतालले ल्याएको कार्यक्रमले सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सहयोग पुग्ने विश्वास गरिएको छ । नेपाल घुम्न आएका कुनै पनि पर्यटकले स्वास्थ्य उपचारमा चिन्ता लिनु नपर्ने हस्पिटलले जनाएको छ । यो योजना भिजिट नेपाल २०२० को लागि ल्याएको भए पनि सबै सेवाग्रहाीले लाभ लिन सक्नेछन् ।
 

Last modified on 2020-01-09 07:03:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts