एमडिआर टीबीका बिरामीलाई नजिकैको स्वास्थ्य संस्थाबाट औषधि खुवाइँदै



Download our app to get more features

काठमाडौं, २३ पुष । राष्ट्रिय क्षयरोग केन्द्रले दामियन फाउन्डेशनको सहयोगमा बहु औषधि प्रतिरोधी अर्थात् एमडिआर टीबीका बिरामीहरुलाई उनीहरुको घर नजिकैको स्वास्थ्य संस्थाबाट औषधी खुवाउने कार्यक्रम सुरु गरेको छ ।

नेपाल मै पहिलो पटक बाँकेको खजुरा गाउपालिकाको उढरापुर र परसपुरबाट औषधि खुवाउने कार्यक्रमको सुरुवात गरिएको हो ।

राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. सागर कुमार राजभन्डारीले एमडिआर टीबीका बिरामीहरुलाई उनीहरुको घर नजिकैको स्वास्थ्य संस्थाबाट औषधी खुवाउने कार्यक्रम शुभारम्भ गरेका हुन् ।

बाके संगै प्रदेश नं. ५ का अन्य जिल्लाहरु बर्दिया, दाङ, कपिलबस्तु , रुपन्देही, पाल्पा र नबलपरासी सुस्ता पश्चिमका जिल्लाहरुमा पनि यो कार्यक्रम सञ्चालन हुँदैछ ।
 
सामान्य खालको टीबीका बिरामीहरुलाई बिरामीको घर नजिकको स्वास्थ्य संस्थामा स्बास्थ्यकर्मीहरुको निगरानीमा औषधि खुवाउने कार्यक्रम लामो समय देखि संचालन हुदै आएको  भए पनि कडा खालको टीबी अर्थात एमडिआर टीबीका बिरामीहरुलाई जिल्ला अस्पताल वा त्यो भन्दा बढी सुबिधा सम्पन्न अस्पतालहरुबाट मात्रै औषधी खुवाइँदै आएको थियो ।

समान्यतया एमडिआर टीबीका बिरामीहरुले स्बास्थ्यकर्मीको निगरानीमा  ९  देखि २० महिना सम्म नियमित रुपमा औषधि खानु पर्छ । 
घर नजिकैको स्बास्थ्य संस्थाबाट औषधि खान नपाउँदा बिरामीहरुलाई औषधी खानैका लागि हरेक दिन घरदेखि घन्टौ टाढा रहेका अस्पतालहरुमा जानु पर्ने बाध्यता थियो ।

घर देखि टाढा जानु पर्ने बाध्यताका कारण  आर्थिक रुपले बिपन्न परिबारका बिरामीहरु औषधि खानका लागि अनेकौ कठिनाई खेप्न बाध्य थिए ।

दामियन फाउन्डेशनको सहयोगमा बिरामीको घर नजिकै रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा  बिरामीको घर नजिकै घर भएका अन्य स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर बिरामीहरुलाई सके सम्म नजिक पर्ने स्थानबाट औषधी खुवाउने कार्यक्रम सुरु गर्न लागिएको हो । 

नेपालमा एमडिआर टीबीका बिरामीहरुका लागि सन् २००५ देखि उपचारको ब्यबस्था गरिदै आएको छ । नेपालमा वार्षिक करिब ६ सय जना  एमडिआरका नयाँ  बिरामी भेटिए पनि ४ सय ५० बिरामीले मात्रै औषधी खादै आएका छन् ।  

एमडिआरका बिरामीहरुको उपचार ब्यबस्थापनलाई थप प्रभाबकारी बनाउन बिरामीलाई सम्भव भए सम्म उनीहरुको घर नजिकै औषधी खान पाउने ब्यबस्था गर्न लागिएको दामियन फाउन्डेशन नेपालका देशिय प्रतिनिधी डा शुशिल कोइलालले बताए ।

सामान्य टीबीबाट भने नेपालमा वार्षिक करिब  ४५  हजार मानिस बिरामी  हुने गरेको भए पनि टीबीरोगका बिरामी मध्ये अझै पनि १२ हजार बिरामी उपचारका पहुँचमा आउन सकेका छैनन् । 

उपचारको पहुचमा आएर औषधि खान सुरु गरेका बिरामीहरुमा पनि  औषधि कोर्ष पुरा नहुदै  बिचैमा औषधि खान छोड्ने प्रवृत्ति बढ्दै गएको   छ ।

औषधि बिचैमा छाड्ेका बिरामीहरुमा सामान्य औषधिले काम नगर्ने अर्थात बहु औषधि प्रतिरोगी टीबीको संक्रमण हुने जोखिम उच्च  हुन्छ । 

त्यसै गरी केहि बिरामीहरुमा सुरु मै कडा खालको एमडिआर टिबीको संक्रमण भेटिने गरेको छ । 

कुपोषित बालबालिका , गरिब तथा बिपन्न परिवारका सदस्य तथा बढी तनाबमा रहने व्यक्तिमा टिबीरोगको संक्रमण हुने सम्भाबना बढी हुन्छ । नेपालमा टिबी रोगका कारणले दैनिक १८ देखि २२ जनाको मृत्यु हुने गरेको  छ ।   

गरिबी, चेतनाको कमी, रोग लुकाउने पवृत्ति, सामाजिक कुरीतिका साथै टिबी रोगको  निदान र उपचार निःशुल्क पाइने जानकारीको सर्वसाधरण सम्म नपुग्दा टिबी रोग नियन्त्ररण हुन सकेको छैन ।  

Last modified on 2020-01-09 15:27:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts