दुर्गा प्रसाइको खुलासा: बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन २० करोड घुस मागियो (भिडियो सहित)



Download our app to get more features

काठमाडौं, २३ पुस । झापाको प्रस्तावित बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आफ्नो कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले २० करोड घुस मागेको खुलासा गरेका छन् ।

राजधानीमा बुधवार पत्रकार सम्मेलन गर्द‌ै प्रसाईले चिकित्सा शिक्षा ऐनले सम्बन्धनको बाटो खुल्ला गरे पनि आयोगका पदाधिकारीले घुस मागेर आवेदन नै नलिएको दावी गरे । आयोगका उपाध्यक्ष गिरीले राजधानीको होटल द्वारिकामा बोलाएर २० करोड मागेको दावी गरे । उनले भने, 'मलाई द्वारिकामा बोलाएर २० करोड मागिएकै हो मैले त्यत्रो पैसा दिन सक्दिन भनें, उहाँले आफुले शिक्षामन्त्री र नेकपा नेता नारायणकाजी श्रेष्ठसम्मलाई भाग लाउनुपर्छ भने ।' पैसा दिन नसक्ने जवाफ दिएपछि डा. गिरीले आफ्नो झापामा रहेका सम्धीलाई १० प्रतिशत शेयर दिन माग गरेको समेत प्रसाईले जिकिर गरे ।

कलेजले २०६८ सालमै मनशाय पत्र लिएको र सबै पूर्वाधार र मापदण्ड पूरा गरिसकेको जनाएको छ । तर, राजधानी बाहिरको हकमा भने मनशाय पत्र लिएर मापदण्ड पुगेकालाई सम्बन्धन दिनसकिने व्यवस्था चिकित्सा शिक्षा ऐनमा व्यवस्था छ ।

हेरौं भिडियो

Last modified on 2020-01-09 15:28:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts