अध्ययनरत कलेज खारेजीमा परेपछि ३० जना नर्सिङका विद्यार्थी परिक्षा दिनबाट बञ्चित

माग सुनुुवाई नभए आत्मदाह गर्ने चेतावनी



Download our app to get more features

काठमाडौं, २३ पुष । आफू अध्ययनरत कलेज नै खारेजीमा परेपछि ३० जना नर्सिङ अध्ययन गर्ने विद्यार्थीहरुले आत्मदाहको चेतावनी दिएका छन् । 

उनीहरुले आफूहरुको भविष्य अन्धकारमा पारिएको भन्दै देशको प्रशासनिक केन्द्र सिंहदरबार अगाडि आत्मदाह गर्ने भन्दै विज्ञप्ति मार्फत चेतावनी दिएका हुन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा पीडित विद्यार्थी संघर्ष समितिले आन्दोलनको घोषणा गर्दै आत्मदाह सम्म गर्ने चेतावनी दिएको हो ।

पीडित विद्यार्थी संघर्ष समितिकी संयोजक अनुष्का चौलागाईंले र्दुगम गाउँबाट नर्स बन्ने सपना बोकेर आएका ३० जना ठिमीस्थित चक्रवर्ती हबी एजुकेशन एकेडेमी कलेज अफ नर्सिङ साइन्स कलेजमा भर्ना भएकामा अदालतको आदेशले खारेजीमा परेपछि परीक्षा दिनबाट वञ्चित भएको बताइन् । उनीहरुले सीटीइभीटी देखि शिक्षा मन्त्रालयसम्म धाउँदा पनि परीक्षा दिन नपाएपछि दुई वर्ष नर्सिङ अध्ययन खेर गएको भन्दै उनले कलेजको गल्तीको सजाय आफूहरुले पाउन नहुने बताइन् । 

कात्तिक ४ गते सर्वोच्च अदालतले कलेज खारेजीको फैसला गरेपछि शिक्षामन्त्रालय जादाँ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उल्टै विद्यार्थीको गल्ती देखाएर गैरजिम्वेवारीपूर्ण जवाफ दिएको खुलाइन् । 

२०७५ सालमा भर्ना भएका ३० जना छात्राहरुको कलेजले बिचल्लीमा पारेपछि अधिकारका लागि निरन्तर लड्दै आएको विद्यार्थी प्रेमिका शाहीले बताइन् । 

यस्तो छ विज्ञप्तिः

Last modified on 2020-01-13 13:35:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts