भरतपुर अस्पतालमा एनआईसियूका लागि २५ लाखको मेडिकल उपकरण हस्तान्तरण



Download our app to get more features

चितवन, २३ पुष । देशकै मध्य भागमा अवस्थित भरतपुर केन्द्रीय अस्पतालमा एनआइसियूका लागि २५ लाखको विभिन्न मेडिकल उपकरण हस्तान्तरण गरिएको छ । 

नवजात शिशुको स्वास्थ्य उपचारका लागि उपयोगी हुने विशेष उपकरण लायन्स क्लब अन्तर्राष्ट्रिय र लायन्स क्लब अफ बागेश्वरीले सहयोग गरेको हो ।

मंगलबार अस्पताल परिसरमा एक औपचारिक कार्यक्रमकाबीच सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बी २ का भाइस गभर्नर एवं कार्यक्रम संयोजक रामचन्द्र भट्ट र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट श्रीराम तिवारीलाई संयुक्त रुपमा सो उपकरण हस्तान्तरण गरेका हुन् ।

कार्यक्रम संयोजक भट्टले २५ लाख बराबरको विशेष प्रविधिका मेडिकल उपकरण सहयोग गरिएको हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।

कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी मेयर एवं कार्यक्रमको प्रमुख अतिथि रेनु दाहालले सहयोगी दाताहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै भनिन्, ‘महानगरको तर्फबाट अस्पतालको चौतर्फिक विकासका लागि आवश्यक सहयोग गरिरहने छु ।’ उनले अस्पताललाई यस्तै सहयोगहरू गर्न सबैलाई अनुरोध समेत गरिन् ।

त्यस्तै कार्यक्रममा बोल्दै अस्पतालका मेसु डा.श्रीराम तिवारीले एनआईसियूमा रहने यस्ता उपकरणले नवजात शिशुको उपचार प्रभावकारी हुने विश्वास व्यक्त गरे । 

मन्त्रिपरिषद्को गत फागुन ३ गतेको निर्णयअनुसार केन्द्रीय अस्पतालको मान्यता पाएको यस अस्पतालमा दैनिक ४५ भन्दा बढि शिशु जन्मने गरेको बालरोग विशेषज्ञ डा.युवानिधी बसौलाले जानकारी दिए । गत आर्थिक वर्षमा अस्पतालमा १३ हजार ५४५ जनाले बच्चा जन्माएका थिए ।

यस भरतपुर अस्पतालमा चितवनसहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, वारा, तनहुँ, लम्जुङ, रुपन्देही सहितका १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि  आउने गर्छन् ।

हस्तान्तरण गरिएको २५ लाखको मेडिकल उपकरणको सुचीः

Last modified on 2020-01-09 15:29:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts