लुम्बिनी प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा सुरु

रुपन्देही २१ पुस । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा डायलाइसिस सेवा शुभारम्भ भएको छ । डायलाइसिस सेवाको सोमबार प्रदेश ५ का सामाजिक विकास मन्त्री शुदर्शन बरालले शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा मन्त्री बरालले बिरामी भएर अस्पताल आउनु भन्दा बिरामी नै हुन नदिनेगरी जनचेतना जगाउन आवश्यक रहेको बताए । उनले लुम्बिनी प्रादेशीक अस्पतालमा थप सेवा विस्तार गरिदै लैजाने पनि बताए । यसै बर्ष अस्पतालमा न्युरो सेवा विस्तार पनि हुने उनको भनाइ छ । मन्त्री बरालले हेमोडायलाइसिस मात्र नभएर सबै सेवाको निरन्तरता जरुरी रहेको बताए ।
उनले जनताको मिर्गौला बचाउनु पनि सरकारको काम भएको बताए । बिभिन्न बाध्यताले आउने यस्ता समस्या ठिक ढंगले पहिचान उपचार गर्नु सरकारको कर्तब्य रहेको बताए । एक जना मात्रै नभएर समग्र अस्पताल टिमको कामबाट सफलता मिल्ने भएकोले सबै जिम्बेवारीपूर्वक सेवा प्रवाहमा लाग्न उनले सुझाब दिए । कार्यक्रममा लुम्विनी प्रादेशिक अस्पताल प्रमुख डा. राजेन्द्र खनालले यस क्षेत्रको आशाको केन्द्र यही अस्पताल भएकोले सेवा बारे सबैलाई सुसुचित गर्ने दायित्व भएको बताए । डा. खनालले अस्पतालको सेवामा कुनै कमी नहुन प्रतिबद्धता पनि जनाए ।
लुम्बिनी प्रादेशीक अस्पतालका हेमोडायलाइसिस बिभाग प्रमुख डा. शक्ति बस्नेतले डायलाइसिस सेवाको बारे जानकारी गराएका थिए । डा. बस्नेतले अहिले चार बेडबाट डायलाइसिस सेवा दिने र पछि आवश्यकता अनुसार थप गर्दे लैजाने बताए । कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका सचिब डा. गोपिकृष्ण खनाल, स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरी सामाजिक विबकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. उमा शंकर चौधरी लगायतको सहभागीता थियो । कार्यक्रमको सञ्चालन नर्सिड अधिकृत ज्योति पौडेल गरेकी थिईन ।