कोशी अञ्चल अस्पतालका मेसु डा. लोहनीको सरुवा, मन्त्रालय तानियो
काठमाडौं, २० पुस । सरुवा गरेर कोशी अञ्चल अस्पताल पुर्याइएका स्वास्थ्य सेवा विभागका तत्कालिन निमित्त महानिर्देशक डा. गुणराज लोहनीको सरुवा भएको छ ।
मन्त्रालय स्रोतका अनुसार डा. लोहनीको मन्त्री भानुभक्त ढकालले मन्त्रालयमा काज सरुवा गर्ने निर्णय गरेका हुन् । यद्यपी लोहनीको जिम्मेवारी भने तय गरिएको छैन । लोहनीको सरुवा भएपनि उनले चिठि भने पाइसकेका छैनन् । लोहनीलाई गत भदौमा तत्कालिन उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सरुवा गरेर कोशी अञ्चल अस्पताल पठाएर उनको ठाउँमा सोही अस्पतालका मेसु डा. रोशन पोखरेललाई ल्याएका थिए ।
Last modified on 2020-01-06 11:09:06