सरकारी चिकित्सक संघको चुनावमा सदस्य बन्न माघ २९ सम्मको म्याद

काठमाडौं, २० पुष । सरकारी चिकित्सक संघ (गोदान) को चुनावमा सदस्य बन्न माघ २९ गते सम्मको म्याद तोकिएकोे छ ।
संघको निर्वाचनको प्रमुख निर्वाचन अधिकृत रुद्र प्रसाद मरासिनीले आसन्न निर्वाचनमा भोट खसाल्नका लागि सदस्य बन्ने म्याद माघ २९ सम्मका लागि तोकिएको बताए ।
उनले निर्वाचनलाई अझ बढी व्यवस्थित र निष्पक्ष बनाउन दुई जना निर्वाचन अधिकृत पनि तोकिएको जानकारी गराए । डा.पवन कुमार हमाल र डा.टेकेन्द्र चौलागाईलाई चिर्वान अधिकृतमा नियुक्त गरिएको मरासिनीले बताए ।
Last modified on 2020-01-06 11:10:15