हिमपातका कारण अलपत्र परेको बिरामीलाई सेनाको हेलिकोप्टरले गर्यो उद्दार

डडेल्धुरा, २० पुष । बिहिबारदेखि परेको हिमपातका कारण डडेल्धुरा अस्पतालमा अलपत्र परेको एक बिरामीलाई नेपाली सेनाको हेलिकोप्टरले उद्दार गरेको छ ।
हिमपातका कारण सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न राजर्माग अवरुद्ध भएपछि अस्पतालमै एक जना बिरामी अलपत्रमा परेकी हुन् ।
दार्चुलाको लेकम गाउँपालिका– ४ का ३८ वर्षीया माधवी पाल बिहीबार दिउँसो भिरबाट खसेर अचेत अवस्थामा रहेकी थिइन् । त्यसपछि उनीलाई उपचारको लागी डडेल्धुरा अस्पतालमा ल्याइएको थियो ।
टाउकोमा गम्भीर चोट लागेको उनको डडेल्धुरा अस्पतालमा पनि उपचार हुन नसकेपछि थप उपचारका लागी अन्यत्र रिफर गरिएको थियो । तर, हिमपातका कारण राजमार्ग अवरुद्ध भएकाले उनलाई कतै लान सकिएको थिएन ।
भिरबाट लडेर ३ दिनसम्म अचेत अवस्थामा रहेकि माधवीलाई थप उपचारको लागि हेलिकप्टर मार्फत बाँके जिल्लाको कोहलपुर अस्पतालमा लगिएको प्रमुख जिल्ला अधिकारी पौडेले बताए । सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयले खर्च व्यहोर्ने गरि उद्दार गरेको उनले बताए ।