सुविधा सम्पन्न बन्दै नेशनल सिटी हस्पिटल

चितवन, २० पुष । भरतपुरकाे चौविसकोठीस्थित नेशनल सिटी हस्पिटल सुविधा सम्पन्न बन्ने भएको छ ।
नेपाल सरकारको भवन निर्देशिका अनुसार आफ्नै जमिनमा अत्याधुनिक प्रविधिमा नयाँ भवन निर्माणसँगै सुविधा सम्पन्न बनाउन लागिएकाे हाे ।
भरतपुरमा शनिवार सम्पन्न ११ औं बार्षिक साधारण सभामा यसै विषयमा छलफल केन्द्रित भएकाे हस्पिटलका प्रबन्धक विक्रम अधिकारीले जानकारी दिए । उनले भने – “अत्याधुनिक प्रविधिकाे भवन र सुविधा सम्पन्न उपकरण सहितकाे विशेषज्ञ सेवा कसरी विस्तार गर्नसकिन्छ भन्नेबारे छलफल भएकाे छ ।”
मेडिकल हवकाे रुपमा विकसित चितवनमा हस्पिटलले आफ्नाे छुटै पहिचान बनाउने उनकाे भनाइ छ । अस्पताल रोडमा बन्दै गरेकाे नयाँ भवनको काम तिव्र रूपमा भइरहेकाे हस्पिटल संचालक समितिका अध्यक्ष प्रचण्ड लाल प्रधानले जानकारी दिए । भुईं तला सहित साडे पाँच तल्लाको सुविधा सम्पन्न अस्पताल बन्ने छ । अहिले अस्पतालकाे नियमित सेवाहरू सञ्चालन भइरहेकाे छ ।