मनकामना अस्पताल चितवनको अध्यक्षमा डा.श्रेष्ठ र प्रबन्ध निर्देशकमा काफ्ले

चितवन, १९ पुष । भरतपुरस्थित मनकामना अस्पताल प्रा.ली.काे सञ्चालक समितिको अध्यक्षमा प्रा.डा. अर्जुन श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै, चितवनका युवा व्यबसायी ध्रुव काफ्ले अस्पतालकाे प्रबन्ध निर्देशक बनेका छन् । भरतपुरमा शुक्रबार (हिजाे) बसेकाे अस्पतालकाे १३ औं बार्षिक साधारण सभाबाट प्रा.डा.श्रेष्ठको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन भएकाे हो । जसको सदस्यहरुमा डा. शंकर ढकाल, डा. गौरव न्याैपाने, डा. दिपकराज तिवारी, कल्याण जोशी र दिलिप घिमिरे रहेका छन् ।
सञ्चालक समितिका सदस्यहरूलाई हिजै एक कार्यक्रमबिच अस्पतालमा बधाई तथा शुभकामना व्यक्त गरिएकाे डा. शंकर ढकालले हाम्राे डक्टर न्युजलाई जानकारी दिए । यसअघि अस्पतालकाे पाँच सदस्यीय सञ्चालक समिति रहेकाे थियाे ।