कर्मचारी र प्राध्यापकमाथि कुनै हातपात नगरेको भन्दै धुलिखेल अस्पतालको स्पष्टोक्ति



Download our app to get more features

काठमाडौं, १९ पुष । धुलिखेत अस्पतालले कर्मचारी संघ र प्राध्यापक संघमाथि कुनै हातपात नभएको विश्वविद्यालयले स्पष्टोक्ति जारी गरेको छ । 

गत पुष १६ गते अस्पतालका डीन र सह डीनको कार्यालयमा तालबन्दी गर्न पुगेका कर्मचारी र प्राध्यापकमाथि अस्पताल प्रशासनले हातपात गरेको भन्दै कारबाहीको माग गरेको थियो । 

अस्पताल प्रशासनले कर्मचारी र प्राध्पाक संघले सञ्चार माध्यममा भ्रामक रुपमा समाचार सम्प्रेशन गरेको भन्दै खेद प्रकट गर्दै प्रशासनपक्षबाट कुनैपनि हातपात र दुव्र्यवहार नगरिएको भन्दै स्पष्टोक्ति जारी गरेको छ । 

अस्पताल जस्तो संवेदनशील एवं आवश्यक सेवा क्षेत्रमा हो हल्ला तथा जुलुश गर्न नपाउने प्रचलित नेपालको कानूनमा व्यवस्था रहेको भन्दै प्रशासनले विश्वविद्यालयको नेतृत्व तहसँग कार्यरत शिक्षक कर्मचारीको माग सम्बोधन गर्दै समस्या समाधान गर्न पनि आग्रह गरेको छ ।

यस्तो छ अस्पताल प्रशासनले जारी गरेको सूचना :

Last modified on 2020-01-06 11:07:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts