स्वास्थ्य मन्त्रालय सुधार्न सुरो हुनुको विकल्छ छैनः मन्त्री ढकाल

काठमाडौं, १९ पुष । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मन्त्रालय सुधार्न सुरो हुनुको विकल्प नभएको बताएका छन् ।
नेपाल अर्वुद रोग निवारण संस्थाको शुक्रबा आयोजित २९ औं साधरणसभामा बोल्दै मन्त्री ढकालले स्वास्थ्यमा ज्यान जोखिममा राखेर काम गर्नुपर्ने बाध्यता रहेको बताए । साथै पैसा कमाउन पदको दुरुपयोग नगर्ने, छात्रावृत्तिमा पडेका डाक्टरलाई खोज्नुपर्ने अवस्था रहेको, क्यान्सर उपकरण प्रयोग विहीन भएको अवस्था रहेको बताए ।
उनले भक्तपुर अस्पतालको विवादका विषयमा सरकारले चाँडै नै निर्णय लिने भन्दै गत साउनमा भक्तपुर नगरपालिकाले आर्थिक अनियमितताको आरोप लगाए । मन्त्री ढकालले अस्पताल व्यवस्थापन समिति विघटन गरी मेयरको नेतृत्वमा नयाँ समिति गठन गरेसँगै उब्जिएको विवाद सर्वोच्च अदालतको आदेशसमेत कार्यान्वयन नदिइएपछि हालसम्म पनि कायमै रहेको भन्दै समस्या तत्काल समाधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।