डब्लुएचओद्वारा सन् २०२० लाई ‘मिड वाइफ र नर्स वर्ष’ को रुपमा मनाउने घोषणा

काठमाडौं, १८ पुष । विश्व स्वास्थ्य संगठनले सन् २०२० लाई मिड वाइफ र नर्स वर्षको रुपमा मनाउने घोषणा गरेको छ ।
नर्स र मिडवाइफहरुले स्वास्थ्य सेवा प्रभाव गर्नमा आफ्नो भूमिका निर्वाह गर्नेमा बिताउने गरेको हुनाले उनका लागि यो वर्ष समर्पित गर्दै मनाउने निर्णय गरेको छ ।
नर्स र मिडवाइफ मात्रै एक यस्तो व्यक्ति हो जसले समुदाय र सेवाग्राहीलाई सेवा प्रदान गर्ने गरेको र संसारभर ९ करोड थप नर्स र मिडवाइफको आवश्यकता रहेकाले त्यो सन् २०३० सम्ममा पूर्ती गर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले नर्स र मिडवाइफ वर्ष सफल बनाउन संगठनमा आवद्ध रहेका अन्तर्राष्ट्रिय कन्फेडेरेशन अफ मिडवाइफ, अन्तर्राष्ट्रिय नर्सिङ परिषद, युएनएफपीए सहित इच्छुक अन्य संस्थालाई पनि आवद्ध हुन आग्रह गरेको छ ।
Last modified on 2020-01-13 12:14:00