जनस्वास्थ्य विधेयक संसदमा पेश गर्ने तयारीमा प्रदेश ५ सरकार



Download our app to get more features

रुपन्देही, १८ पुष । प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आगामी माघको पहिलो हप्तादेखि सुरु हुने प्रदेशसभाको बैठकमा जनस्वास्थ्य विधेयक पेश गर्ने तयारी भैरहेको बताएका छन् ।

सामाजिक विकास मन्त्रालयद्वारा बिहीबार बुटवलमा आयोजित ‘सूरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार’ समबन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री बरालले अन्तिम र बाध्यात्मक अवस्थामा मात्र गर्भपतन गर्नुपर्ने बताए । उनले २० वर्ष उमेर समूहका किशोरीहरुले समेत गर्भपतन गर्ने गरेकाले प्रजनन् स्वास्थ्यमा खराब संकेत देखिएको टिप्पणि गरे ।

सुरक्षित गर्भपतन सेवाको दुरुपयोग भएको भन्दै उनले असुरक्षित गर्भपतनलाई शुन्यमा झार्न मन्त्रालयले सरोकारवाला निकायहरुसँग सहकार्य र समन्वय गरेर अगाडी बढ्ने बताए । 

सामाजिक विकास मन्त्रालयका सचिब गोपिकृष्ण खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नं ५ प्रदेशसभा भौतिक पूर्वाधार विकास समितिका सभापति आशा स्वर्णकार, प्रदेशसभा सदस्यहरु रमा अर्याल,दिपा बिश्वकर्मा,प्रदेश योजना आयोग सदस्य पुस्पा भुसाल,सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरी,स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरी, आईपास नेपालका कन्ट्री डाइरेक्टर पपुलरजेन्टर काफ्ले,आइपास नेपालकै माधबी बज्राचार्य, महिला कानून तथा विकास मञ्चका अधिवक्ता सबिन श्रेष्ठ लगायतले प्रजनन स्वास्थ्य सम्बन्धी समस्या र समाधानका उपायहरु बारे आ आफ्नो भनाइ राखेका थिए ।

Last modified on 2020-01-13 12:13:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts