धुलिखेल अस्पताल र केयुएसएमएसमा तालाबन्दी गर्न जाँदा तनाव, डीन र सह डीनलाई कारबाहीको माग



Download our app to get more features

काठमाडौं, १७ पुष । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले डीन र सह डीनलाई कारबाहीको माग गरेका छन् । 

बुधबार डीन र सह डीनको कार्यकक्षमा तालाबन्दी गर्न पुगेको प्राध्यापक र कर्मचारी संघका पदाधिकारीमाथि अस्पताल प्रशासनले गैर प्राज्ञिक व्यवहार गरेको भन्दै उनीहरुले कारबाहीको माग गरेका छन् ।

स्कूल अफ मेडिकल साइन्सेजका डीन प्रा.डा.राजेन्द्र कोजुको कार्यालय बन्द गर्न जाने क्रममा डीन र सह डीनका कार्यालयमा रहेका केही व्यक्तिले भिडन्त निम्त्याई प्राध्यापक संघ र कर्मचारी संघका कर्मचारीमाथि अभद्र व्यवहार गरेकोमा आपत्ति समेत जनाएको छ । 

पेशागत हकहितका लागि विश्वविद्यालयमा भइरहेको आन्दोलन दबाउन मण्डले शैलीमा गराइएको कार्यप्रति भत्र्सना गर्दै दुवै संघले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै कारबाहीको माग गरेका छन् । 

विश्वविद्यालयको सबै संकायका डीनको कार्यालयमा तालाबन्दी गरिएको समेत संघले जनाएको छ । 

यस्तो छ दुवै संघले जारी गरेको विज्ञप्तिः

यसैबीच अस्पताल प्रशासनले संघको कार्यप्रति खेद जनाएको छ । सूचना जारी गर्दै अस्पताल प्रशासनले अस्पतालको सम्पूर्ण काम र सेवा सुचारु रहेको समेत उल्लेख गरेको छ ।

यस्तो छ अस्पताल प्रशासनले जारी गरेको सूचनाः

Last modified on 2020-01-13 12:07:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts