१८ प्रतिशत मानिसमा हरेक महिना ढाडको समस्या, घरायसी र कार्यालयको काम समेत गर्न नसक्ने



Download our app to get more features

काठमाडौं, १६ पुस । हरेक महिना करिब १९ प्रतिशत मानिस ढाड दुखाइका कारण घरायसी तथा घर बाहिरको काम गर्न नसक्ने गरेको एक अध्ययन रिर्पोट सार्वजनिक भएको छ । स्वास्थ्य अनुशन्धान परिषद्ले गरेको सर्वेक्षण अनुसार यो संख्या महिलामा अझै बढी छ । हरेक महिना २२.८ प्रतिशत महिला यो समस्याबाट गुज्रिरहेका छन् । 

महिलाको तुलनामा पुरुषमा यो समस्या निकै कम रहेको तथ्यांकले देखाएको छ । ढाडमा दुखाइका कारण घरायसी तथा बाहिरको काममा जान समस्या नसक्ने पुरुष जम्मा १४.११ प्रतिशत छन् । 

कुन प्रदेशमा कतिलाई ढाडको समस्या
ढाड दुखाइका कारण घरयासी वा बाहिरको काम गर्न नसक्ने सुदुरपश्चिम प्रदेशमा २६.७ प्रतिशत छन् । सुदुरपश्चिम प्रदेशको तुलनामा कर्णाली प्रदेशमा यस्तो समस्या भोग्ने संख्या छन् । कर्णालीमा २३.६ प्रतिशत यो समस्याबाट ग्रसित भएको सर्वेले देखाएको छ । यस्तै प्रदेश ५ मा ढाडमा दुखाइका कारण घरायसी तथा अन्य काममा जान नसक्नेको २०.२ प्रतिशत रहेका छन् । गण्डकी प्रदेशमा १८.६ प्रतिशत, प्रदेश ३ मा १७.४ प्रतिशत, प्रदेश २ मा १६.३ र प्रदेश १ मा १५.३ प्रतिशत रहेका छन् । 

यसरी हेर्दा पछिल्लो एक महिनामा ढाडमा दुखाइ भएका कारणले गर्दा घरायसी तथा काममा जान नसक्ने सबैभन्दा बढि सुदुरश्चिम प्रदेशमा छन् भने सबैभन्दा कम प्रदेश १ मा रहेको तथ्यांकले देखाएको छ । परिषद्ले फ्रेबुअरीदेखि मे २०१९ मा सर्वेक्षण गरेको थियो । 

ढाडको दुखाईलाई वेवास्ता नगरौं 

हाम्राका लागि ढाड दुख्ने समस्या नौलो होइन । कमै मात्र मानिस होलान् जसको जीवनमा कहिलै पनि ढाड नदुखेको होस् । यसकारण पनि ढाड दुख्नुलाई हामी त्यतिधेरै ध्यान दिदैनौं । तर, ढाडको दुखाईलाई सामान्य समस्याका रुपमा लिनु हुँदैन । यो कुनै गम्भीर रोगको लक्षण पनि हुनसक्ने मेरुदण्ड विशेषज्ञ डा. गौरवराज ढकालको भनाइ छ । ढाड दुख्नुको कारण र यसबाट जोगिने उपाय बारे डा. ढकालको सुझाब यस्तो छ ।

ढाड दुख्ने समस्या अधिकांश मानिसलाई हुनेगर्छ । यो प्रायः सबै पेशामा आबद्ध व्यक्तिको समस्या हो । पहिले पहिले उमेर ढल्कदै जाँदा वा बुढेसकाल लागेपछि मात्रै ढाड दुख्छ भन्ने थियो । तर, अहिले कलिलै उमेर देखि नै ढाड दुख्ने समस्या भएका धेरै बिरामी आउन थालेका छन् । ढाड दुख्ने समस्या सामान्य पनि हुनसक्छ तर सधै सामान्य मात्रै नहुन सक्छ । दुखाई धेरै छ की थोरै, सधैं दुख्छ की कहिलेकाहीँं, कुनै काम गर्दा दुख्छ की सामान्य अवस्थामा पनि दुख्छ, यी सबै कुराको एकिन गरेर मात्र समस्याको पहिचान हुन्छ ।

 ढाड दुखाईका लक्षण व्यक्ति अनुसार फरक फरक हुन्छ । ढाड के कारणले दुखेको सोही अनुसार लक्षण देखा पर्छ । कसै कसैलाई कहिले काही मात्र दुख्ने, कुनै काम गर्दा मात्रै दुख्ने हुन्छ । यो सबै दुखेको कारणमा भर पर्छ । 

ढाड दुख्ने मुख्य कारण 

  • पोस्चर नमिल्नु ।
  • हड्डी खिइनु  मेरुदण्डमा चोटपटक लाग्नु ।
  • ढाडको मांशपेशीमा समस्या आउनु ।
  • लामो समय एकै स्थानमा बस्दा, उभिदा वा निहुँरिएर काम गर्दा ।
  • मेरुदण्डको हड्डीभित्र मुख्य नशा, वरपर हुने लिगामेन्ट तथा दुई हड्डीबीचमा रहेको डिक्स फुट्दा । 
  • ढल्कदो उमेर ।
  • गह्रो सामान उचाल्दा ।
  • सुताई नमिल्दा ।
  • मेरुदण्डमा संक्रमण ।
  • पित्तथैली, मिर्गाैलामा पत्थरी, कब्जियत, ठुलो आन्द्राको समस्याले पनि ढाड दुख्न सक्छ ।
  • वंशाणुगत गुण ।

यस्तो प्रकृतिको दुखाई गम्भीर

धेरै जसोको ढाड दुख्ने समस्या सामान्य प्रकृतिको हुन्छ । पोस्चर नमिल्दा, लामो समय एकै स्थानमा काम गर्दा या सुतेको नमिल्दा दुखेको ढाड आफैले सुधार्न सकिन्छ । यस्तो खाले दुखाई आफै निको पनि हुन्छ ।  तर, सहनै नसक्ने गरि ढाड दुख्छ, लामो समयसम्म लगातार दुखिरहन्छ, ढाड वरीपरी सरी सरी दुख्छ भने यस्तो अवस्थामा तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्छ । अन्य रोगको कारणले दुखेको रहेछ भने त्यो रोगको निदान गर्नुपर्छ ।

  ढाड दुखाईबाट बच्ने उपाय 

  1. एकै आसनमा बसेर लामो समय काम नगर्ने ।
  2. ‘टेबल वर्क’ गर्ने व्यक्तिले समय समयमा उठेर एकै छिन भए पनि आराम गर्ने ।
  3.   धेरै लचकदार ओच्छयानमा नसुत्ने ।
  4. धेरै निहँुरिएर काम नगर्ने ।
  5. गह्रो सामान एकै चोटी उचाल्नु हँुदैन् । 
  6. लामो समय गाडी वा बाइक चलाउँदा बेला बेलामा आराम गर्ने ।
  7. तौल नियन्त्रणमा राख्ने ।
  8. पौष्टिक आहारयुक्त खाना खाने ।



  

Last modified on 2020-01-02 12:52:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts