स्वास्थ्य तालिम केन्द्रद्वारा स्टाफ नर्सलाई ४५ दिने ओटि म्यानेजमेन्ट तालिम



Download our app to get more features

रुपन्देही, १६ पुष । प्रदेश ५ सामाजिक विकास मन्त्रालय स्वास्थ्य तालिम केन्द्रले प्रदेशका जिल्ला अस्पतालको शल्यकक्षमा कार्यरत स्टाफ नर्सहरुका लागि ४२ दिने ओटि म्यानेजमेन्ट सम्बन्धी तालिम आम्दा अस्पतालले सुरु गरेकोे छ ।

अप्रेशन व्यवस्थापन तालिमको स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठले उद्घाटन गरे । उद्दघाटन समारोहमा बोल्दै  निर्देशक श्रेष्ठले ओटीको व्यवस्थापन जीवनसँग समन्धीत भएकोले यो तालिम महत्वपुर्ण रहेको बताए । उनले अस्पतालमा काम गर्दा नमुना काम गरेर देखाउन स्टाफ नर्सहरुलाई आग्रह गरे ।

यस्ता तालिम आर्थिक रुपमा राम्रा नभएपनि सिकाईका लागी अवसरको रुपमा लिनुपर्ने निर्देशक श्रेष्ठले बताए ।

कार्यक्रममा आम्दा अस्पतालका निर्देशक डा केशर राज शर्माले सरकारको उदेस्य पुरा गर्न नर्सहरुलाई तालिम दिएको छ । त्यो तपाईहरुले जिम्बेवारीका साथ पुरा गर्नु पर्ने बताए ।

डा शर्माले सिकाईमा आवश्यक रहेकोले जिम्बेवारी तहमा कार्यरत स्वास्थ्यकर्मिलाई नयाँ तालिम आवश्यक रहेको बताए । तालिममा आम्दाअस्पतालकी मेट्र«ोन सुशिला बिश्वकर्मा, आम्दाअस्पतालकी कोडीनेटर राधाहेमचुरी ले बोल्दै सिकाईमा कुनै कमिनहुने र सिकेका कुरा जिम्मेवारीका साथ कार्यन्यन गर्नुपर्ने बताए । 

तालिममा  गुल्मी प्युठान अर्घाखाँची भिमअस्पताल भैरहवा कपिलवस्तु र लुम्बिनी प्रादेशीक अस्पताल बुटबलका स्टाफ नर्सहरु रहेका छन् । 

Last modified on 2020-01-01 08:32:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts