डोटीमा निःशुल्क बन्ध्याकरण शिविर, दुई सय सात जना लाभान्वित

डोटी, १५ पुष । डोटीमा आयोजित निःशुल्क परिवार नियोजन स्थायी बन्ध्याकरण शिविरबाट दुई सय सात जना लाभान्वित भएका छन् ।
स्वास्थ्य कार्यालय डोटीको आयोजनामा जिल्लाका सबै स्थानीय तहमा शिवीर सञ्चालन भएको थियो ।
मंसिर २९ गतेबाट सञ्चालन भएको शिविरमा १ सय ५८ जना महिलाले स्थायी बन्ध्याकरण (मिनिल्याप) गराएका छन् भने ४९ जनाले पुरुष स्थायी बन्याकरण (भ्याक्सोटमी) गराएका छन् । त्यस्तै ७ जना महिलामा इम्प्लान्ट राखिएको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन सुपरभाइजर सुर्य विष्टले बताए ।
डोटीका विभिन्न ९ स्थानमा संचालन भएको शिविरमा पुरुषभन्दा महिलाको सहभागीता बढी रहेको उनले बताए । विभिन्न सांस्कृतीक कारण, डराउने तथा कमजोर र अप्ठ्यारो हुने सोचका कारण पुरुषको संख्या कम भएको सुपरभाइजर विष्टले बताए ।