एपी क्याटको पाँचौ शिखर सम्मेलन आगामी मंसिरमा

काठमाडौं, १४ पुस । आगामी १६ देखि १८ मंसिरमा ‘एशिया प्यासिफिक सिटिज् अलाइन्स फर टोवाको कन्ट्रोल एण्ड नन् कम्युनिकेवल डिजिज’ (एपी क्याट) को पाँचौ शिखर सम्मेलन चितवनको भरतपुरमा हुने भएको छ ।
सम्मेलनको आयोजना भरतपुर महानगरपालिकाले गरेको छ । उक्त सम्मेलनमा एक सय ५० बढी विदेशी सहित तीन सय बढीको सहभागिता हुने बताइएको छ ।आइतवार महानगरपालिकाकी मेयर रेणु दाहालको अध्यक्षतामा बसेको बैठकले सम्मेलनको मिति घोषणा गरेसंगै महानगरलाई पनि सूर्तिजन्य पदार्थ मुक्त बनाउने अभियान समेत अघि बढाउने निर्णय गरेको छ ।
एपीक्याटको चौथो सम्मेलनले पाँचौ सम्मेलन नेपालको भरतपुरमा गर्ने निर्णय गरेको थियो । यस अघि इन्डोनेसियाको बोगर सिटीमा चौथो सम्मेलन सम्पन्न भएको थियो ।
एपीक्याटमा नेपाल सहित भारत, बंगलादेश, मलेसिया, भियतनाम, इन्डोनेसिया, फिलिपिन्स, सिंगापुर, कम्बोडिया, म्यानमार, लाओस, लगायत १२ देशका ४० वटा नगरहरु सदस्य छन् ।