बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरकाे विभागीय प्रमुखमा डा.सुधीर श्रेष्ठ नियुक्त

What's This?


Download our app to get more features

चितवन, १४ पुस । । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकाे एनेस्थेसिया विभागकाे विभागीय प्रमुखमा डा.सुधीर श्रेष्ठ नियुक्त भएका छन्।

झन्डै एक दशकदेखि एनेस्थेसिया विभागमा कार्यरत एनेस्थेसियाेलाेजिष्ट डा. श्रेष्ठ आइतबार (हिजो) विभागीय प्रमुखमा नियुक्त भएका हुन्। उनलाई हिजै एक कार्यक्रमबिच अस्पतालमा बधाई तथा शुभकामना व्यक्त गरिएकाे छ । नवनियुक्त डा. श्रेष्ठले प्रमुख बनेसँगै आफुले थप जिम्मेवारी महसुस गरेको बताए ।

यसले आफ्नाे क्षेत्रको सर्वोपरी विकास र सेवा विस्तारमा अझै क्रियाशिल भएरलाग्न प्रेरणा मिलेको हाम्राे डक्टर न्युजलाई संक्षिप्त प्रतिक्रिया दिए । शुक्रबारदेखि सञ्चालनमा आएको ८ वटा शल्यकक्ष सहितकाे अत्याधुनिक मोडुलर अप्रेशन थिएटर(ओटी)लाई व्यवस्थित पार्नतर्फ पनि आफ्नाे ध्यान जानेकुरा उनले बताए । नवनियुक्त विभागीय प्रमुख डा. श्रेष्ठकाे कार्यअवधि तीन वर्षकाे रहनेछ ।

Last modified on 2019-12-31 13:15:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts