सरकारले डाक्टर उत्पादन गरेपनि लक्षित समुदायसम्म पुर्याउन सकिएनः मन्त्री बराल

रुपन्देही, १४ पुष । प्रदेश ५ का सामाजीक विकासमन्त्री शुदर्शन बरालले सरकारले डाक्टर उत्पादन गरेपनि आवश्यक ठाउँमा व्यवस्थापन गर्न नसकेको बताएका छन् ।
डाक्टर सेवाका नाममा सुगम केन्द्रित मात्रै भएको मन्त्री बरालले बताए । स्वास्थ्य तालिम केन्द्र प्रदेश ५ ले मेडिकल अधिकृत र स्वास्थ्य अधिकृतलाई नसर्ने रोग सम्बन्धी ५ दिने तालिम समापन समारोहमा बोल्दै सामाजीक विकास मन्त्री बरालले उक्त कुरा बताएका छन् । मन्त्री बरालले चिकित्सकहरुलाई स्थानीय परिवेश, भाषा अवस्था अनुसार सेवा दिन निर्देशन दिए ।
मन्त्री बरालले मानिस विवेकशिल भएपनि गाईडको समस्या भएको बताउँदै भाषा अवस्था परिवेश अनुसार सेवा दिन डाक्टर हरुलाई आग्रह गरे ।
प्रदेश ५ का स्वास्थ्य निर्देशक डा. बिनोद कुमार गिरीले नेपालमा ६६ प्रतिशत मानिसमा नसर्ने रोगको समस्यामा रहेको बताए । डा. गिरीले ज्ञान दिएर उनीहरुको व्यवाहरमा परिर्वतन गर्नुपर्ने बताए ।
समापन समारोहमा स्वास्थ्य तालिम केन्द्र प्रदेश ५ का निर्देशक महेश्वर श्रेष्ठले प्रदेश ५ का १२ जिल्लाका २० जना मेडिकल अधिकृतलाई नसर्ने रोगसम्बन्धी तालिम दिएको बताउदै यस वर्ष अर्घाखाँची प्युठान र दाङका सबै स्थानीय तहमा स्वास्थ्यकर्मीलाई तालिम दिने बताए ।