धनगढीमा स्टाफ नर्स डेरामा मृत भेटिइन्



Download our app to get more features

 कैलाली, १३ पुस । कैलालीको धनगढीमा स्टाफ नर्स मृत फोला परेकि छन्। धनगढी उपमहानगरपालिका– ५ हसनपुरको ऐश्वर्या स्कुल नजिकै डेरामा बस्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० की स्टाफ नर्स २० वर्षीय सोनम ऐर मृत अवस्थामा भेटिएकी हुन्।

हसनपुरमा डेरामा बस्दै आएकी ऐर आइतबार विहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्कीले बताए। ऐर बन्द कोठा भित्र सुतेकै अवस्थामा भेटिएको उनले बताए। उनका अनुसार मुचुल्का उठाइसकेर अब पोष्टमार्टम गर्ने तयारी भइरहेको छ।

बाँकी कुरा अनुसन्धानबाट मात्रै खुल्ने प्रहरीले जनाएको छ। ऐर धनगढीको निसर्ग अस्पताल र नवजीवन अस्पतालमा काम गर्दै आएको प्रहरीले जनाएको छ।
 

Last modified on 2019-12-30 12:27:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts