मरणोपरान्त आँखा दान गर्नेको सम्झनामा सामुहिक श्रद्धाञ्जली सभा (फोटोफिचर)



Download our app to get more features

काठमाडौं, १३ पुस । नेपाल आँखा बैंकले हरेक वर्ष मरणोपरान्त आँखाको नानी दान गरि अमरत्व प्राप्त गर्ने व्यक्तिहरूको सम्झना र सम्मानमा सामुहिक श्रद्धाञ्जली–सभाको आयोजना गर्दै आएको छ । 

मृत्युपछि आँखाको नानी दान गर्न प्रेरित गर्न, दाताको परिवारलाई कृतज्ञता प्रदान गर्न, आँखाको नानी पाएका व्यक्तिहरुको अनुभव आदानप्रदान गर्न र दिवंगत आत्माको चीरशान्तिको लागि सामूहिक श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । 

बैंकले ‘आँखा दान महादान’ भन्ने अभियान चलाइरुहेको छ । आँखाको नानी प्रत्यारोपण गरेर दृष्टिविहिनहरूलाई नयाँ जीवन प्रदान गर्दै आएको नेपाल आँखा कार्यक्रम अन्तर्गत बैंकले १२ पुसमा (२८ डिसेम्बर) सभाको आयोजना गरेको हो । 

श्रद्धाञ्जली सभाका प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मृत्युपश्चात आँखा दान गर्ने घोषणा गरेका छन् ।   

प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा सन्दुक रुइतले २५ वर्षअगाडि एक जनाबाट शुरु भएको आँखा दान कार्यक्रबाट आज हजारौल लाभ लिइरहेको बताए । आँखादान भन्ने बित्तिकै आँखाको डल्लो झिक्ने होइन, बाहिरको नानी झिक्ने हो । यसले धार्मिक, साँस्कृतिक रुपमा केही अफ्ठयारो नहुने उनको भनाइ छ । 


 
  


 

Last modified on 2019-12-29 16:07:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts