उपभोक्ताको स्वाथ्यमा ख्याल गर्न दुग्ध व्यवसायीलाई मुख्यमन्त्री पोखरेलको आग्रह
रुपन्देही, १३ पुष । प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेले डेरी एशोसीयसन संग उपभोक्ताको स्वाथ्य समेत ख्याल गर्नु पर्ने बताएका छन् ।
नेपाल डेरी एशोसीएशनको २१ आंै केन्द्रीय साधारणसभा बुटवलमा उद्दघाटन गर्दै मुख्यमन्त्री पोखरेलले दुग्धजन्य वस्तुको व्यवसायीहरुले वस्तुको गुणस्तरमा र स्वास्थ्यमा विशेष ख्याल गर्न आग्रह गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री पोखरेलले दुग्धजन्य वस्तुको विविधिकरण र ब्राण्डीङ्गको विकल्प नभएको बताए ।
आफुले उत्पादन गरेको कृषिजन्य उत्पादनहरुलाई माया गर्नुपर्ने भन्दै मुख्यमन्त्री पोखरेलले विरोधको रुपमा कुनै पनि उत्पादक किसान वा व्यवसवायीहरुले कृषि जन्य उत्पादनलाई नै पोखेर, फोडेर वा अन्य कुनै पनि कारणले विरोध गर्ने परिपाटी गलत भएको बताए ।
दुधको मुल्य पाएनौ भनेर दुध पोख्नु गलत रहेको भन्दै उनले विद्यालयमा गएर निःशुल्क रुपमा बालबालिकाहरुलाई वितरण गरेर पनि विरोध गर्न सकिने र यसमा सरकारको ध्यानाकर्षण हुने बताए ।
मुख्य मन्त्री पोखरेलले अरुलाई रोक्नु मात्रै समाधानको विषय नभएको भन्दै सरकारले बाहिरबाट आयात गरिने पाउन्डर प्लान्ट रोक लगाएको उल्लेख गरे ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य मोहन वानियाँले स्वदेशी व्यवसायीहरु लगानीको लागि तयार हुँदा हुदै पनि विदेशबाट लगानी भित्र्याउनु आफैमा गलत भएको धारणा राखेका थिए । यस्तै राष्ट्रिय सभा सदस्य लाल कुमार केसीले पनि किसानहरुको हक हितको लागि सरकार गम्भिर बन्नुपर्ने बताए ।
दुग्ध विकास संस्थानका महाप्रबन्धक बैकुण्ठ अधिकारीले धान पछि नेपालको सबैभन्दा बढि कृषि क्षेत्रमा दुधको योगदान बढि रहेको जानकारी गराए ।
यस्तै कार्यक्रममा प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले किसान, दुग्ध व्यवसायी र अन्य आम उपभोक्ताहरुको हितको लागि सरकार जहिले पनि तयार रहेको बताएका थिए ।
कार्यक्रममा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यत्रलय भैरहवाका प्रमुख विमल दाहाल, मानव अधिकार तथा शान्ती समाज नेपालका केन्द्रीय उप सभापती गोविन्द खनाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुरा बोहोरा लगायतले आ आफ्नो भनाई राखेका थिए ।