कञ्चनपुरको शुक्लाफाँटाका स्थानीयले निःशुल्क औषधि समेत पाउँदैनन्



Download our app to get more features

कञ्चनपुर, १२ पुष । स्थानीय तह आउनुपूर्व पनी स्थानीय स्तरमै उपचार पाउन नसकेका स्थानीयले अहिले पनी स्वास्थ्यका हकमा कुनै परिर्वतन नआएको गुनासो गरेका छन् । 

स्वास्थ्य संस्थाहरुले ४५ औषधि निःशुल्क वितरण गर्ने प्रावधान रहेपनि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य संस्थाबाट ३८ प्रकारका औषधि मात्रै उपलब्ध भईरहेको जनाईएको छ । आधारभुत स्वास्थ्य सेवाको अभावमा कञ्चनपुरका स्थानीयले सामान्य उपचारका लागि पनि अन्यन्त्र जानुपर्ने बाध्यता कायमै रहेको छ । 

१२ वडा रहेको शुक्लाफाँटा नगरपालिकाका विभिन्न वडामा ७ स्वास्थ्य संस्था रहेका छन् । वडा नम्बर २, ३, ५, ६ र ९ मा स्वास्थ्य संस्था स्थापना हुन सकेको छ्र्रैन । तर नगरवासीले भने सामान्य स्वास्थ्य सेवाका लागि पनि अन्यत्र जानुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । 

सरकारले गरिब जनतालाई मध्यनजर गर्दे स्थानीय तहहरुमा स्वास्थ्यसंस्था सञ्चालनमा ल्याई निशुल्क औषधि दिने व्यवस्था गरेपनी स्थानीयले भने धनगढी तथा भारत धाउनुपर्ने बाध्यता कायमै रहेको शुक्लाफाँटा नगरपालिका झलारीका स्थानीय जगन्नाथ जोशीले बताए । ‘भएका स्वास्थ्य संस्थामा समेत निःशुल्क पाइने औषधि पाइदैनन्’ उनले  भने ।  

उता नगरपालिकाले भने अपुग औषधि माग गरीएकाले चालु महिनाको अन्त्यसम्म आईपुग्ने दावी गरेको छ । नगरपालिकामा अहिले ३ वडास्तरीय स्वास्थ्य चौकी, एक सामुदायिक स्वास्थ्य ईकाई र २ गाउँघर क्लिनिक रहेको स्वास्थ्य संयोजक परमानन्द भट्टले बताए । उनले ती संस्थाहरुमा केहि औषधि अभाव भएको भनेर स्वीकार गरे । 

नगरपालिकामा ५० शय्याको नगर अस्पताल निर्माणका लागि डिपिआर तयार भई टेण्डर प्रक्रियामा गएको जनाईएको छ । जसका लागि यस वर्ष २५ लाख विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । ‘थप बजेटका लागी संघिय सरकार र सुदूरपश्चिम प्रदेश सरकार समक्ष ३ करोड माग गरिएको छ’ नगरप्रमुख दिल बहादुर ऐरले भने ‘भएका स्वास्थ्य संस्थाको सुधारमा पनि नगरपालिका लागि परेको छ ।’

Last modified on 2019-12-30 12:27:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts