बझाङमा सुत्केरीको सेनाको हेलिकोप्टरद्वारा उद्दार

बझाङ, ११ पुस । जिल्लाको छविसपाथीभेरा गाउँपालिका वडा नम्बर ४ की ३६ वर्षीया कविता दर्जीको हेलिकोप्टर मार्फत उद्दार गरिएको छ ।
जिल्ला अस्पतालमा दर्जीको शल्यक्रिया मार्फत बच्चा निकालिएको थियो । दुई दिन अघि सुत्केरी व्यथा लागेपछि दर्जीलाई जिल्ला अस्पताल पुर्याइएको आफन्तले बताएका छन् ।
जिल्ला अस्पताल बझाङका डाक्टर मिलन खड्काका अनुसार दुई दिन अघि नै शल्यक्रिया गरेर बच्चा निकाल्न भनिएको भएपनि उनका आफन्तहरुले नमान्दा शल्यक्रिया गर्न नसकिएको र अन्तिम चरणमा बच्चा नै उल्टो भएर हात निश्किएपछि अप्रेशन गर्नु परेको थियो ।
पाठेघर नखुम्चिएको र लगातार रगत बग्न थालेपछि हेलिकोप्टर मार्फत उनलाई सुर्खेत रेफर गरिएको खड्काले बताए । नेपाली सेनाको हेलिकोप्टर बाट दर्जीको उद्दार गरिएको हो ।
Last modified on 2019-12-30 12:24:04