स्वास्थ्य मन्त्रालयले गर्यो फाजिलमा परेका ४१ कर्मचारीको समायोजन (सूचिसहित)

काठमाडौं, ११ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजनमा छुटेका र फाजिलमा परेका ४१ जना कर्मचारीको समायोजन गरेको छ ।
पछिल्लो सूचि अनमी, अहेव लगायतको रहेको छ । मन्त्रालयले कर्मचारीहरुबाट प्राप्त गुनासोको आधारमा समिति बनाएर समायोजन टुंग्याइरहेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल आफै लागेर कर्मचारहरुको समायोजना टुंग्याउन पहल गरिरहेका छन् । यसका निम्ति उनले बिहीवार सामान्य प्रशासन मन्त्रालय पुगेर छलफल समेत गरेका थिए ।
समायोजनामा परेकाको नामावली
Last modified on 2019-12-30 12:23:22