'मिस्टर नेपाल २०१९' को उपाधि डा. सन्तोष उपाध्यायलाई



Download our app to get more features

काठमाडौं, ११ पुस । अछामका डा.सन्तोष उपाध्याय ‘मिस्टर नेपाल २०१९’ घोषित भएका छन् ।

एक्स्पोज नेपालले आयोजना गरेको प्रतियोगितामा २२ जना प्रतिस्पर्धिलाई उछिन्दै डा.उपाध्याय बिजेता घोषित भएका हुन् ।

सन् २००१ देखि नियमित आयोजना हुँदै आएको नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता रहेको मिस्टर नेपाल घोषित भएका डा. उपाध्यायले अब सन् २०२० मा आयोजना हुने मिस्टर वल्र्डमा सहभागिता जनाउने छन् । 

आइओएम महाराजगन्ज मेडिकल क्यामपसबाट एमबीबीएस सकाएका डा. उपाध्याय हाल कमलबजार प्राथमिक स्वास्थ केन्द्र अछाममा कार्यरत छन् ।

Last modified on 2020-01-06 11:08:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts