सिएमसीका विधार्थीहरु अझै असन्तुष्टः बढी शुल्क समायोजन नभई फिर्ता गर्न माग

What's This?


Download our app to get more features

चितवन, ११ पुस । चितवन मेडिकल कलेज (सीएमसी) मा अध्ययनरत विद्यार्थीले बढी शुल्क समायोजन नभई फिर्ता गर्न माग गरेका छन् । 

विद्यार्थीहरुले २०७२/२०७३ देखिको एमबीबीएस र बिडिएसलगाएत अन्य शैक्षिक कार्यक्रमको समेत बढी लिइएको शुल्क समाजोजन नभई फिर्ता गर्न सर्वपक्षीय रूपमा माग गरेका हुन् । 

आन्दोलनरत विद्यार्थीले विहीबार भरतपुरमा आयोजना गरेको सर्वदलीय, सर्वपक्षिय, अभिभावक भेलाले सो माग गरेको जनाइएको छ ।

यता कलेज प्रशासनले आन्दोलनका कार्यक्रम फिर्ता गरेर विश्वविद्यालयको वार्षिक परीक्षामा सहभागी हुन पटक–पटक अनुरोध गरेपनि विद्याथीहरुले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।

विद्यार्थीले मेडिकल कलेज संचालकहरुविरुद्ध चर्को नारावाजीदेखि परीक्षाको प्रवेश पत्र जलाएर परीक्षा बहिस्कार समेतका आन्दोलन गरिसकेका छन् ।

अबैध शुल्क फिर्ताको माग गर्दै लामो समयदेखि आन्दोलनरत चितवन मेडिकल कलेज (सीएमसी) का विद्यार्थी र कलेज प्रशासनबिच अझै सहमति हुन सकेको छैन । 

सिएमसी प्रशासनले ६ बुँदे प्रतिबद्धतासहित गत शनिवार विज्ञप्ति जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई आन्दोलनको कार्यक्रम छाडि सहमतिमा आउन आग्रह गरेको थियो । आन्दोलनरत विद्यार्थीले भने सो निर्णय अस्वीकार गरेका छन् । 

सिएमसी सञ्चालित स्नातक कार्यक्रम अन्तर्गत एमबिबिएस, बिडिएस, बी फार्मेसी,बिएसी नर्सिङ, बिएन, पब्लिक हेल्थ, बिएमएलटी, बिएमआइटी सबै शैक्षिक कार्यक्रमको बढी लिइएको शुल्क तुरून्त फिर्ता गर्न विद्यार्थीले माग राख्दै आएका छन् ।

Last modified on 2019-12-31 13:22:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts