प्रादेशिक अस्पतालको विकासमा अवरोधप्रति मुख्यमन्त्रीको असन्तुष्टि



Download our app to get more features

रुपन्देही, ११ पुस । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागि सटरहरु भत्काउने काममा भएको अवरोधप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाको रुपमा लिएको अस्पतालको विकासको काममा व्यवसायीक संघसंस्थाहरुले समेत असहयोग गरेको भन्दै उनले गुनासो व्यक्त गरे ।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा सञ्चालनमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको वार्षिकउत्सव तथा सातौं स्थापना दिवसका अवसरमा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालको संरचनागत प्रबन्ध र व्यस्थापकीय कमजोरीका कारण अस्पताल अव्यवस्थीत हाटबजार जस्तो भएको बताए । 

अस्पताल सुधार र विस्तारका लागि प्रदेश सरकारले योजना ल्याउंदा संघसंस्थाहरुले व्यवसायीलाई बोकेर जिल्ला अदालत जाने तर सार्वजनिक समारोहमा ठूला ठूला भाषण गर्ने भन्दै आलोचना गरे ।

मुख्यमन्त्री पोखरेलले अस्पतालभित्रको स्वास्थ्य सेवा कसरी चलेको छ भन्ने सबैले देख्न र जान्न पाउनुपर्ने भन्दै त्यसो हुन सकेमात्र अस्पतालभित्र बसेर निजी अस्पतालमा सुटुक्क बिरामी पठाउने काम बन्द हुने बताए । उनले कतिपय निजी अस्पतालहरुले एम्बुलेन्स चालकलाई कमिसन दिएर बिरामी किन्ने गरेको बताउंदै यस्तै गतिविधीका कारण बुटवल बदनाम हँुंदै गएको बताए । 

मुख्यमन्त्री पोखरेलले विद्यार्थी पढाएर अस्पताल चलाउने नभई अस्पताल चलाएर विद्यार्थी पढाउनेतर्फ केन्द्रित हुन मेडिकल कलेजहरुलाई आग्रह गरे । उनले प्रदेश ५ मा तिनवटा मेडिकल कलेज रहेरपनि स्वास्थ्यको हिसाबले पछाडी रहनु दुःखद भएको बताए । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको स्तरउन्नतिका लागि प्रदेश सरकारले सहकार्य गर्ने उनले बताए । 

Last modified on 2020-01-13 12:10:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts