दाँत मुख वा गिजाको समस्या पुरुषमा भन्दा महिलामा बढी 



Download our app to get more features

काठमाडौं, १० पुस । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन अनुसार दाँत मुख वा गिजाको समस्या पुरुषमा भन्दा महिलामा बढी हुने गरेको छ । मुख स्वास्थ्यका बारेमा परिषद्ले गरेको अनुसन्धानबाट सो तथ्य फेला परेको हो । महिला १७ र पुरुष ११.४ प्रतिशत दाँत मुख वा गिजाको समस्याबाट ग्रसित रहेका छन् । 

परिषद्को अध्ययनबाट करिब १० प्रतिशत नेपालीले मुख स्वास्थ्यमा ध्यान नदिने गरेको पनि फेला परेको छ । दिनमा एक पटक वा सो भन्दा बढी दाँत सफा गर्नेमा ८९.९ प्रतिशत रहेका छन् । जसमा पुरुष ९० प्रतिशत छन् भने महिला ८९.९ प्रतिशत छन् । 

संसारको ९० प्रतिशत मानिसमा जीवनमा कुनै न कुनै बेला दाँत किराले खाने, गिँजाको समस्या एवं मुखको क्यान्सरको समस्याबाट पीडित हुनसक्ने एफडिआई (वल्र्ड डेन्टल फेडेरेशन) ले प्रकाशित गरेको तथ्यांकमा उल्लेख छ । नेपालमा दाँत, मुख वा गिजाको समस्या हुने १४.३ प्रतिशत छन् । 

प्रादेशीक अवस्था
परिषद्ले प्रदेशअनुसार पनि अध्ययन गरेको छ । अध्ययन रिर्पोट अनुसार दिनमा एक पटक वा सो भन्दा बढी दाँत सफा गर्नेमा प्रदेश १ अघि छ । यहाँका ९३.५ प्रतिशत नागरिकले दैनिक एक वा सो भन्दा बढी दाँत सफा गर्ने गरेका छन् । 
दिनमा एक पटक वा सो भन्दा बढी टिक दाँत सफा गर्ने कुन प्रदेशमा कति ? प्रतिशतमा :
प्रदेश १    ९३.५   
प्रदेश २    ८९.९
प्रदेश ३    ८६.२
गण्डकी प्रदेश   ९२.१
प्रदेश ५     ८९.२
कर्णाली प्रदेश  ८५.६
सुदुरपश्चिम प्रदेश  ९१.६

दन्त चिकित्सक अनुसार दिनको २ पटक बिहान र बेलुका खानापछि दाँत सफा गर्नुपर्छ । सम्भव भए टुथब्रश र फ्लोराइड भएको दन्तमञ्जन नभए दतिवन प्रयोग गरी दाँतका सबै सतह सफा गर्नु पर्छ ।

अन्य समयमा खाना खानासाथ मुखकुल्ला गर्ने बानी बसाल्नुपर्छ । दुई दाँतबीचको सतह डेन्टल फ्लसको प्रयोग गरि सफा गर्नुपर्छ । बालकहरुमा भने ६ महिना नपुग्दा सम्म सफा कपास पानीले र तत्पश्चात नरम ब्रसले दाँत सफा गरिदिनु पर्छ ।
 

Last modified on 2019-12-31 13:20:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts