भाइरल इन्फेक्शन भनेर बेवास्ता गर्दा पूर्व स्वास्थ्य सचिवको निधन



Download our app to get more features

काठमाडौं, १० पुुष । पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको उपचारको क्रममा निधन भएको छ । 

भाइरल इन्फेक्शनका कारण ग्रसीत भएर बिरामी परेका श्रेष्ठको आज बिहान ७ बजेर ५५ मिनेटमा निधन भएको त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेम खड्काले बताए ।

खड्काका अनुसार भाइरल इन्फेक्शनका कारण घरमै रहेका श्रेष्ठलाई अस्पतालमा जाँच गर्दा सेप्सीस भएको पुष्टि भयो । 

भाइरल इन्फेक्शनका कारण अवस्था बिग्रिन थालेपटि श्रेष्ठलाई भक्तपुरस्थित नागरिक सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । तर, त्यहाँ निको नभएपछि उनलाई मंगलबार बेलुका महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरियो ।

अवस्था गम्भिर बन्न थालेपछि आईसीयूमा उपचाररत श्रेष्ठलाई आज बिहान निधन भएको घोषणा गरिएको खड्काले हाम्रो डाक्टरलाई बताए । 

उनले भने, ‘शव अहिले अस्पतालमै छ । पहिलेदेखि नै गम्भिर बनेका उनको उपचार सम्भव नहुँदा भेन्टिलेटरमा राखिएको थियो ।’

श्रेष्ठको आजै अन्तिम दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Last modified on 2019-12-31 13:14:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts