नर्सिङ संघको निर्वाचनः राई नेतृत्वको प्यानलै विजयी, घोषणा हुन बाँकी



Download our app to get more features

काठमाडौं, १० पुुष । नेपाल नर्सिङ संघको निर्वाचनमा मनकुमारी राई नेतृत्वको प्रगतिशिल प्यानलले जित हासिल गरेकाे छ ।

केहीबेर अघि सकिएको मतगणना अनुसार राई नेतृत्वको प्यानलले विजयी हासिल गरेपनि औपचारिक रुपमा घोषणा हुन भने बाँकी छ । देशभरका विभिन्न २१ वटा मतदान केन्द्र निर्धारण गरिएको थियो । जसमा झन्डै २३ सय मत खसेको थियो । अध्यक्ष पदकी उम्मेदवार राईले हाम्रो डाक्टरलाई बताए अनुसार दुुई जिल्लाको मतगणना सकिँदा सम्म आफ्नो प्यानलले १२ सय ६६ मत प्राप्त गरेको छ ।

अन्य जिल्लाको मतपरिणाम आउन आज दिनभर लाग्ने भएकाले अन्तिम नतिजा भोलि मात्रै सार्वजनिक गरिने उनले बताइन् । यसपटकको निर्वाचनमा प्राध्यापक राईले प्रगतिशील प्यानल र प्राध्यापक मुना राना थापाले पेशागत समावेशी प्यानलकाे नेतृत्व गरेका थिए ।

हिजो सम्पन्न नर्सिङ संघको मतदानको मतगणना अनुसार विराटनगरमा प्रगतिशीलको २२२ हुँदा लोकतान्त्रिकको ३१८, धरानमा प्रगतिशीलको ११३ हुँदा लोकतान्त्रिकको १७३, झापामा प्रगतिशीलको ७९ हुँदा लोकतान्त्रिको ८, धनकुटामा प्रगतिशीलको १३ हुँदा लोकतान्त्रिकको ८, राजविराजमा दुवैको बराबरी १७ नै छ । जनकपुरमा प्रगतिशिलको ४४ र लोकतान्त्रिको ४२, विरगञ्जमा प्रगतिशीलको ३६ र लोकतान्त्रिकको ६८, हेटौडामा प्रगतिशीलको ६८ हुँदा लोकतान्त्रिकको ७७, चितवनमा प्रगतिशीलको ११ हुँदा लोकतान्त्रिकको २३७, बुटबलमा प्रगतिशीलको ८३ हुँदा लोकतान्त्रिकको १३३, पाल्पामा प्रगतिशीलको ९५ हुँदा लोकतान्त्रिकको १०१, दाङमा प्रगतिशीलको ४३ हुँदा लोकतान्त्रिकको ९३, सुर्खेतमा २२ र १३८, नेपालगञ्जमा प्रगतिशीलको ४० हुुँदा १३३, धनगढीमा प्रगतिशीलको ४६ हुँदा १०८, रोल्पामा प्रगतिशीलको २५ हुँदा ६, भक्तपुरमा प्रगतिशीलको ५ हुँदा १४०, लमजुङमा प्रगतिशीलले बुुथ कब्जा गरिएको आरोप लगाइएको छ भने पोखरामा १२ मत पेशागत समूहले हात पारेको छ ।

Last modified on 2019-12-27 10:35:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts