यौनिकता शिक्षा सम्बन्धी ३ दिने कार्यशाला गोष्ठी सुरु, यौन स्वास्थ्य शिक्षालाई प्रभावकारी बनाउनु पर्नेमा जोड



Download our app to get more features

रुपन्देही, १० पुष । प्रदेश ५ का स्वास्थ्य निर्देशक डा.विनोद गिरिले यौनिकता शिक्षालाई थप प्रभावकारी बनाउन समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताएका छन् ।

बुटबलमा बुधबार सुरु भएको बृहत्त यौनिकता शिक्षा सम्बन्धी ३ दिने कार्यशाला गोष्ठी कार्यक्रममा डा.गिरीले ग्रामिण भेगमा किशोरकिशोरी र उनिहरुका परिवारमा यौन शिक्षा सम्वन्धी अझै खुलेर कुराकानी हुन नसक्दा समस्या भएको बताए । उनले यौन शिक्षालाई सबैले बुझेर सहजरुपमा लिनु पर्ने भन्दै यौन शिक्षाकै अभावले बालविवाह बहुविवाहका कारण हिंसा बढ्दै गएको उल्लेख गरे । 

डा. गिरीले मानविय आवश्यकताका आधारमा बुझेर यसको असर र प्रभावबारे सबैलाई  जानकारी दिनु पर्ने बताए ।

नेपाल परिवार नियोजन संघ र यु.एन.एफ.पिए परियोजनाद्वारा आयोजित गोष्ठिमा यौनिकता कार्यशाला गोष्ठीका सहभागीहरुले यौनिकता शिक्षा परिवारबाट प्रारम्भ गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघका महानिर्देशक के.पि. बिष्टले यौनिकता शिक्षा विद्यालयमा राखिए पनि त्यो व्यवहारिक हुन नसकेको बताए । उनले कतिपय किशोरीहरुले १८ वर्षकै उमेरमा पहिलोपटक यौन सम्पर्क गर्ने र सानै उमेरमा गर्भवति हुने गरेको बताउँदै यौनिकता शिक्षा कसरी सकिन्छ यस विषयमा सम्बन्धीत सबैको ध्यान जानु पर्ने उल्लेख गरेका थिए ।

किशोर किशोरीलाई सुरक्षित शारीरिक सम्बन्धलगायत उमेर पुगेपछि मात्र विवाह गर्नेबारे अझै जानकारी दिन आवश्यक रहेको भन्दै उनले यौन प्रजनन सम्बन्धी विभिन्न जनचेतना फैलाउनका लागि आ–आफनो तवरबाट अगाडि बढ्नेमा सबैले सामुहिक प्रतिवद्धता गोष्ठिमा सहभागिले जनाएका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts