सुदूरपश्चिममा पहिलोपटक इन्डोस्कोपी प्रविधीबाट रक्तनली बाधियो



Download our app to get more features

धनगढी, १० पुुष । सुदूरपश्चिममै पहिलो पटक धनगढीको कैलाली असपतालमा इन्डोस्कोपी प्रविधिबाट फुलेको रक्तनली बाधिएको छ । कैलाली अस्पतालमा काठमाडौँ बिर अस्पतालबाट आएका प्रमुख कन्सल्टेन्ट फिजिसिएन डाक्टर विधाननीधि पौडेलको समूहले पहिलो पटक फुलेको रक्तनली बाधेको हो ।

कैलाली अस्पतालका अनुसार इन्डोस्कोपी प्रविधीबाट भजनी नगरपालिकाका ४५ वर्षीय रामप्रसाद चौधरीको फुलेको रक्तनली बाधिएको हो । अत्यधिक मदिरा सेवनले लिभर खराब भए, हेपाटाईटीस वी, सी भए अन्तीम अवस्थामा मानिसको शरिरमा रगत प्रवाह बन्द भएर रक्तनली फुल्ने गरेको डाक्टर विधाननिधी पौडेलले बताए ।

उनले  रक्तनली फुलेपछि कलेजो ढुङ्गा जस्तो भएर रगतको प्रवाह नै रोकिएर फुटी मानिस रक्तश्राव भएर मानिसको मृत्यु नै हुने बताए। काठमाडौँ पछि आफूले धनगढीमा पहिलो पटक इन्डोस्कोपी प्रविधीबाट फुलेको रक्तनली बाधेका उनले बताए ।

Last modified on 2019-12-26 11:43:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts