बैतडीको जिल्ला अस्पताल करार चिकित्सकको भरमा



Download our app to get more features

बैतडी, १० पुष । नवौं तहका एकजना र आठौं तहका दुईजना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल बैतडी अहिले करारका डाक्टरको भरमा सञ्चालन भईरहेको छ । 

जिल्ला अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ समेत रहेका डाक्टर जगदीशचन्द्र बिष्टको डडेल्धुरा अस्पतालमा समायोजन भएपछि जिल्ला अस्पताल करारका डाक्टरको भरमा सञ्चालनमा रहेको हो । 

जिल्ला अस्पताल बैतडीमा दरबन्दीका चिकित्सक नहुँदा समस्या भएको छ । दरबन्दीका चिकित्सक नहुँदा अस्पतालले प्रदान गर्ने सेवा प्रभावित भएका जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर बसन्तराज जोशीले बताए ।

करारका डाक्टरलाई आर्थिक अधिकार समेत नदिँदा समान्य आर्थिक गतिविधि सञ्चालन गर्न र कर्मचारीहरुलाई तलब खुवाउन समेत समस्या भएको डाक्टर जोशीले बताए। जिल्ला अस्पतालमा सञ्चालित जटीलतायुक्त प्रसुती सेवा पनि करारका डाक्टरकै भरमा सञ्चालनमा रहेको छ ।

अप्रेशन गरेर बच्चा जन्माउने सुविधा भएपनि दरबन्दीका विशेषज्ञ डाक्टर नहुँदा समस्या भएको छ । यस्तै जिल्ला अस्पतालमा ४ जना स्टाफ नर्सको दरबन्दी भएपनि सबै दरबन्दी रिक्त रहेका छन् । 

Last modified on 2019-12-26 15:06:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts