गंगालाल अस्पतालको निर्देशकमा डा.चन्द्रमणि अधिकारी



Download our app to get more features

काठमाडौं, ९ पुस । बाँसवारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा मुटु रोग विशेषज्ञ डा. चन्द्रमणी अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषदले डा अधिकारीलाई गंगालाल अस्पतालको निर्देशकमा नियुक्त गरेको हो ।  

गंगालाल अस्पतालमा निर्देशक जोतिन्द्र शर्माको चार वर्षे कार्यकाल गत साउन महिनामा सकिएपछि अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादवले डा युवराज लिम्बुलाई दिएका थिए । 
डा. अधिकारीको कार्यावधि ४ वर्षे रहने छ ।   

त्यस्तै सोमबार नै बसेको मन्त्रीपरिषदको बैठकले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts