स्त्रीरोग विशेषज्ञ काममा नफर्किदा स्वास्थ्य सेवा प्रभावित



Download our app to get more features

रुपन्देही, ९ पुस । जिल्ला अस्पताल रुपन्देहीमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा बिरामीहरु सेवाबाट बञ्चित हुने अवस्था आएको छ । भैरहवा स्थित जिल्लाको सरकारी अस्पताल भिम अस्पतालका स्त्रीरोग बिशेषज्ञ डा. ज्वाला थापा महिनौ देखि कार्यालयमा जानकारी नै नगराई गायब रहेको पाईएको छ । 

स्त्रीरोग बिशेषज्ञको रुपमा दरबन्दी भएको तर डा थापा अस्पतालमा नभएको कारण उपचारमा अप्ठ्यारो आएको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो समय निकै सुधारात्मक अवस्थामा देखिएको भैरहवा भिम अस्पतालको सेवा थापाकै कारण ओझेलमा पर्दै गएको अस्पतालको दावी छ । दरबन्दी देखिएकोले सो पदमा करारमा पनि चिकित्सक राख्न नमिल्ने भिम अस्पतालका मेडिकल सुपरिडेन्टेन नविन दर्नालले बताए ।  

दरबन्दी अनुसारका चिकित्सकहरुले  भने ९ महिना हुँदा ४४ दिनको मात्र हाजिर गरिएको देखिएको छ । २०७४ साल कार्तिकमा डा. ज्वाला थापा स्त्रीरोग बिशेषज्ञ र उनका पति डा. विप्लव सापकोटा मेडिकल सुपरिडेन्टेनको रुपमा भैरहवा भिम अस्पतालमा आएका थिए । २०७५ को चैत्र सम्म संगै काम गरेका उनिहरु चैत्रमा मेडिकल सुपरिडेन्टेन काठमाण्डौं काजमा गए पनि ज्वालाको पनि हाजिर अनियमितता बढदै गएको छ । 
२०७५ चैत्र १ गते देखी २०७६ बैशाख ३ गते सम्म असाधारण बिदा बसेको डा थापा बैशाख महिना भरि ८ दिन अस्पतालमा बसेकी थिईन । बैशाखको २९ गते देखी जेठको ६ गते सम्म उनको हाजिर काटिए पनि काटिएको लाईन माथी नै डा. ज्वाला थापाले जवरजस्ती हाजिर गरेको अस्पतालको हाजिर पुस्तिकाबाट देखिन्छ । असार महिना प्रसुति काज लिएकी उनले उक्त महिनामा ३ दिन हाजिर गरेकी छन् । साउन महिनामा पनि ३ दिन नै हाजिर गरेकी थापा बाकी दिन घर बिदा लिएर बसेको देखिन्छ । भदौ दोश्रो साता हाजिर भएकी उनी एक साता पछि पुनः काठ्माण्डौ काजमा गएको भैरहवा भिम अस्पतालका प्रशासन शाखा प्रमुख गोविन्द ज्ञवालीले जानकारी दिए । 

भदौ पहिलो साता काजमा गएकी थापा अहिले सम्म सम्पर्कमा नरहेको अस्पताल प्रशासनको भनाई छ । उनले न बिदा लिएकी छिन न कुनै प्रकारको काज नै छ । डा. ज्वाला थापा चैत्र पछि नै अस्पतालमा नआएको श्रोतको भनाई छ । बिच बिचमा १ दिन आउने अनि भएको हाजिर गरेर जाने गरेको अस्पतालका कर्मचारीहरु बताउछन् । 

डा. ज्वालाको यो क्रियाकलापको कारण बिस्तारै सुधार हुदै गरेको अस्पतालको सेवा फेरी प्रभावित भएको छ । १ जना स्त्री रोग बिशेषज्ञ दरबन्दी रहेको भिम अस्पतालमा अहिले दरबन्दी अनुसारको चिकित्सक रहे पनि सो सेवा भने प्रभावित बनेको छ । स्त्री रोग सम्बन्धि सेवा अहिले अस्पतालमा कार्यरत अन्य मेडिक अधिकृतहरुबाट गराउनु परेको भैरहवा भिम अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट नविन दर्नाले बताए । 

“बैशाख देखि नै नियमित नभएको कारण उनको तलब रोकिएको रहेछ अहिले म आए पनि तलब भुक्तानी भएको छैन ।” दर्नालले भने । दर्नाल आफै पनि स्त्रीरोग बिशेषज्ञ भएको कारण अस्पतालको प्रशासनिक काम देखि प्रसुति सम्म आफैले हेर्ने गरेको बताए । 

यस अघि अस्पतालमा बालरोग बिशेषत्रको दरबन्दी रहेको र दरबन्दी अनुसारको चिकित्सक नरहेकोले अस्पतालले करारकमा बालरोग बिशेषज्ञ भर्ना गरेको छ । तर स्त्रीरोगमा भने चिकित्सक भर्ना गर्न कठिनाई आईरहेकोले अस्पताललको सेवामा समेत असर देखिएको छ । 

यस बिषयमा काठमाण्डौंमा रहेकी डा. ज्वाला थापाले आफु समायोजनमा परेर प्रदेश नम्बर ३ मा आएको बताईन । भदौ देखी नै अस्पतालमा हाजिर नभएको भन्ने प्रश्नमा उनले बिदा लिएको दावी गरे पनि अस्पताल प्रशासनले यस्तो कुनै बिदा नलिएको जानकारी दिएको छ । 

Last modified on 2019-12-26 15:09:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts