कञ्चनपुरको बेलौरीका स्थानीयले आधारभुत स्वास्थ्य सेवा समेत पाएनन्



Download our app to get more features

धनगढी, ८ पुस ।  कञ्चनपुरका स्थानीय तहको व्यवस्थापकिय कमजोरीका कारण स्वास्थ्य सेवा प्रभावकारी नभएको गुनासो गरिएको छ। स्थानीय तहहरुले भएकै स्वास्थ्य संस्थाको पनि गतिलो व्यवस्थापन गर्न नसक्दा समस्या भएको हो। 

जिल्लाको बेलौरी नगरपालिकाका ७ वडाका स्थानीय त आधारभुत स्वास्थ्य सेवाबाट पनि वञ्चित भएका छन्। उता नगरपालिकाले नगरका १० वडामा सहरी स्वास्थ्य केन्द्र स्थापना गर्न बजेट छुट्याईएको दावी गरीरहेको छ भने स्वास्थ्य संस्थाको संख्या पनि थपगर्ने योजना बनाइएकोे जनाएको छ।

स्वास्थ्यको अधिकार स्थानीय तहलाई मिलेपनि उचित व्यवस्थापन गर्न नसक्दा उक्त समस्या भएको हो। व्यवस्थापकिय कमजोरीले सेवा प्रभावकारी नभएको सेवाग्राहीको गुनासो छ।
 स्थानीय स्तरमा आधारभुत स्तरको सेवा नपाउँदा टाढा धाउनुपर्ने अवस्था रहेको कञ्चनपुरको बेलौरी नगरपालिका– ४ का स्थानिय रमेश गौतमले बताए। ‘उचित स्वास्थ्य सेवा नपाउँदा धनगढी तथा भारत धाउनुपर्ने बाध्यता रहेको छ’ उनले भने।  

बेलौरीमै रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसारका चिकित्सक नहँुदा थप समस्या भएको गुनासो गरिएको छ।

नगरपालिकाका सुचना अधिकारी शुशिला लेखकले नगर क्षेत्रका ३ वटा प्राथमिक स्वास्थ्य केन्द्र र ४ वटा सहरि क्लिनिक संञ्चालनमा रहेको बताइन्। वडा नम्बर २, ४ र ८ मा बर्थिङ् सेन्टर सञ्चालनमा रहेको उनले बताईन्। 
भएकै स्वास्थ्य संस्थाहरुको उचित व्यवस्थापन गर्न नसकेका बेला नगरप्रमुख पोतिलाल चौधरी भने १५ शैयाको अस्पताल सञ्चालनको प्रक्रियामा रहेको दावी गर्छन। अन्य वडामा भने भवन निर्माणको कार्य जारी रहेकाले चालु आर्थिक वर्षभित्रै स्वास्थ्य संस्था सञ्चालनमा ल्याईने उनले दावी गरे।

अहिले अस्पताल सञ्चालनका लागि सहरी विकास कार्यालय धनगढीले आवश्यक संरचना निर्माण गर्ने बताईएको छ। एक वडा एक स्वास्थ्य चौकीको अवधारण लिइएको भएपनि बेलौरीमा ७ वडा स्वास्थ्य संस्था विहिन छन्। 


 

Last modified on 2019-12-26 15:06:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts