पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले खोल्यो एमडी र एमएसमा भर्ना 



Download our app to get more features

काठमाडौं, ८ पुस । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमडी र एमएसमा पहिलो पटक भर्ना खोलेको छ । प्रतिष्ठानले विभिन्न ६ विषयमा १७ सिटका लागि भर्ना खोलेको हो । 

एनेस्थेसोलोजीमा तीन, जनरल सर्जनमा चार, इन्टर्नल मेडिसिन दुई, गाइनोकोलोजी चार, अर्थाेपेडिकमा दुई र पेडियार्कटिसको दुई सिटका लागि प्रतिष्ठानले भर्ना खुलाएको हो । चिकित्सा शिक्षा आयोगबाट स्वीकृत प्राप्त जम्मा १७ सिटमध्ये सरकारबाट ९ सिट र खुल्लाबाट ९ सिटमा नेपाली चिकित्सकको भर्ना लिइनेछ । एमबिबिएस वा सो सरह उत्र्तिण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भइ प्रमाणपत्र प्राप्त गरेका चिकित्सक भर्ना हुनसक्नेछन् ।

साथै सरकारी सेवाका चिकित्सकहरूका हकमा भने कानुनबमोजिम अध्ययन बिदा पाउन योग्य भएको र अन्य चिकित्सकको हकमा मान्यताप्राप्त स्वास्थ्य संस्थामा कम्तिमा एक वर्ष कार्य अनुभव भएको हुनु पर्नेछ । आवेदन फारम अनलाइनमार्फत ७ पुसदेखि ६ माघसम्म भर्न सकिने प्रतिष्ठाले जनाएको छ । आवेदन फारम शुल्क चार हजार एक सय लाग्नेछ । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts