डेन्टल चिकित्सकको प्रतिनिधित्व चिकित्सा शिक्षा आयोगमा गराउन एनएमएको आग्रह

काठमाडौं, ८ पुस । नेपाल चिकित्सक संघ एनएमएले चिकित्सा शिक्षा आयोगमा डेण्टल एसोसिएसनको प्रतिनिधित्व सुनिश्चित गर्नका अनुरोध गरेको छ ।
एनएमएले मंगलबार विज्ञप्ति जारी गर्दै डेण्टल एसोसिएसनले उठाएको स्वभाविक मागलाई तत्काल सम्बोधन गर्न नेपाल सरकार तथा सरोकारवाला निकाय समक्ष आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ 'आयोगमा डेण्टल एसोसिएसनको तर्फबाट समेत प्रतिनिधित्व हुन सकेको खण्डमा आशातित प्रतिफल प्राप्त गर्न सकिने नेपाल चिकित्सक संघको ठहर छ ।'
Last modified on 2019-12-26 15:04:28