एन्टिबायोटिकको अनावश्यक प्रयोग रोक्न 'वान हेल्थ' एप ल्याउने तयारी

काठमाडौं, ७ पुस । नेपाल एन्टिवायोटिकको अनावश्यक तथा अव्यवस्थित प्रयोग चिकित्सकहरुले बताएका छन् । एन्टिवायोटिक अनावश्यक र अव्यवस्थित प्रयोगलाई रोक्न यस सम्बन्धित विज्ञहरुले एउटा कार्यक्रमनै ल्याउन लागेको जनाएका छन् ।
सोमबार रिपोटर्स क्लबमा भएको एक कार्यक्रममा अमेरीकामा बसेर औषधि पसल गरिरहेका नेपालीमुलका व्यवसायि जय शाहले नेपालमा एन्टिवायोटिको दुरुपयोग रोक्न वान हेल्थ एप नामक एपको प्रयोग गरेर काम गरिने बताए । यो एप मार्फत एन्टिवायोटिक मात्र नभएर अन्य औषधिको पनि प्रतिरोध रोक्न सकिने शाहले बताए । नेपालमा एन्टिवायोटिकको प्रतिरोध स्थायी रुपमा रोकेर नेपाललाई विश्वको पहिलो देश बनाउन यो अभियान सुरु गरिएको शाहको भनाइ छ ।
एप सञ्चालनमा ल्याउन आवश्यक कानुनी प्रक्रिया पुरा गर्न बाकि रहेको पनि उनले बताए । नेपाली औषधि पसलमा एन्टिवायोटिक चकलेट सो सरह बिक्रि हुदैं आएका कार्यक्रममा सहभागि चिकित्सकहरुको भनाइ छ । नेपाललाई एन्टिवायोटिकको प्रेस्कृप्सन दर्ता भएका चिकित्सकले मात्र गर्न पाउने नियम कडा साथ लागु गर्न सरकारसंग छलफल गर्ने पनि उनले बताए । त्यस्तै नेपालमा प्रयोगमा नआएका एन्टिवायोटिक औषधीको पनि व्यवस्थापनमा सरकारले कदम चाल्नुपर्ने उनले बताए ।
मानिसमा विभिन्न शुक्ष्म ब्याक्टेरीयाका कारण रोगहरु लाग्छ । जसको लागि एन्टिबायोटिक औषधिको सेवन गर्नुपर्छ । एन्टिबायोटिक शरीरमा भएका हानिकारक ब्याक्टेरीया मार्न प्रयोग गरिन्छ । चिकित्सकको सल्लाह बिना एन्टिबायोटिकको जथाभावी सेवन गर्दा तत्कालिन र दीर्घकालिन दुवैखालको असर पर्ने चिकित्सकहरु बताउँछन् । चिकित्सकको सल्लाह बमोजिम मात्र औषधि सेवन गरे हानीलाई न्यूनिकरण गर्न सकिन्छ ।